लगातारको वर्षाको कारण सेभोक अनि सेतीझोडामा पैह्रो: राष्ट्रिय राजमार्ग 10 अनि 31 ठप्प

कालेबुङ, 11 जुलाई: पाँच दिनदेखि लगातारको वर्षाको कारण राष्ट्रिय राजमार्ग 10 अनि एनएच 31 बारम्बार ठप्प हुँदा यात्रीहरू प्रभावित बनिरहेका छन्। यस मार्ग भएर यात्रा गर्नु अहिलेलाई जोखिमपूर्ण छ। आज रातभरि परेको पानीको कारण सभोकदेखि बागपुलको कालीमन्दिरसम्म दुई ठाउँमा झरेको पैह्रोले यस मार्ग भएर हिँड्ने डुवर्स, सिलगढी, कालेबङ एवं सिक्किमगामी बहानहरूको चलाचल बन्द भएको छ। सडकमार्ग खुलाउन विभागले निक्कै कसरत गर्न परिरहेको छ भने सम्भव: आज दिउँसोसम्म यातायात सुचारू हुनसक्ने विभागले आश्वस्त गराएको छ।

यदि एनएच-31 अन्तर्गत सेभोकदेखि बागपुलसम्मको सडक खोलिए डुवर्सगामी बाहनहरूले राहत पाउने भएपनि कालेबङ एवं सिक्किमगामी बाहनहरूको चलाचल भने ठप्प नै हुनेछ। किनभने, सेवकमार्ग खोलिनसक्ने भएपनि सेतीझोडामा व्यापक पैह्रो आएको कारण सिक्किमगामी एवं कालेबुङगामी बहानहरूको चलाचल भने पूर्ण रूपमा बन्द छ। सेतीझोडामा आएको पैह्रो निक्कै भयानक रहेको कारण यस मार्ग खुलाउन आज दिनभरि नै समय लाग्नसक्छ। यसैले राष्ट्रिय राजमार्ग-10 आज प्राय: दिनभरि नै बन्द रहनसक्ने सम्भावना छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन