आज गाई नखा भन्नेले भोलि गोरु पनि नखा भन्नसक्छः विजय कुमार सुब्बा

????????????????????????????????????

गान्तोक, 12 जुलाई। भारतमा चलिरहेको दलित र गाई राजनीतिमाथिको संकथन सिक्किम पनि भित्रिएको छ। यसको उदाहरण प्रगतिवादी साहित्यकार विजय कुमार सुब्बाले एउटा प्रगतीशील पत्रिका ‘नयाँ दृष्टिकोण’-को लोकार्पण गरेपछि विशिष्ठ अतिथिको सम्बोधन राख्दै भने, आज गाई नखा भन्नेले भोलि गोरु पनि नखा भन्नसक्छ। साहित्यकार तथा शिक्षिक सुब्बाले कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थीहरूलाई समाजमा उभिइरहेको अवैज्ञानिक कुराहरूको विरोधमा उत्रिनुपर्ने बताए। उनले पूर्वकाल जस्तै दलितहरूमा अत्याचार भइरहेको आरोप लगाउँदै आज गाईको मासु नखा भन्नेले भोलि गोरूको मासु पनि नखा भन्न सक्नेछन् भन्दै कुनै कुराको मासु खाँदा आफू नर्कमा गइन्छ भने नर्कमा गएर पनि प्रगतिवादी सोचर र आवाज उठाउने काम गर्नेछु भने।

सिक्किम प्रोग्रेसिभ युथ फोरमले आज आफ्नो त्रैमासिक पत्रिका ‘नयाँ दृष्टिकोण’- को तेस्रो अङ्क सार्वजनिक गऱ्यो। प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा आयोजित एक कार्यक्रमबीच लोकार्पित उक्त पत्रिकामा सम्पादकीय सहित अङ्ग्रेजी अनि नेपाली भाषाका 18-वटा लेख अनि कविता प्रकाशित छन्।

अर्कोतिर उनले विशेष साहित्यिक कार्यक्रमहरूमा प्रत्येक नेपाली भाषीहरूलाई बोलाउनुपर्छ भन्दै सिक्किममा आयोजन हुने भानु जयन्ति जस्तो कार्यक्रममा पनि सम्पूर्ण नेपाली भाषीहरूलाई नबोलाएर केवल विशिष्ठ वर्गका व्यक्तिहरूलाई मात्र बोलाउने गरेको कार्यको पनि विरोध गरेका छन्। उनले अहिले सिक्किमका गाउँ गाउँमा प्रतिक्रियावादी शक्तिहरू खाष्टो ओडेर लुकेर साहित्यकारहरूलाई अभिनन्दन गर्दै हिँडादैछन् भन्दै साहित्यिकारहरूलाई अभिनन्दन गर्नेहरूप्रति ह्रोस प्रकट गरेका छन्। उनले च्याखुङ स्कूलमा बिलिकामाथि आफ्नै शिक्षकले लगातार एक वर्षसम्म गरेको यौन दुराचारको विरोधमा निस्किएको जुलुसमा आफूहरू सामेल नभएर रमिता हेर्दै उभिने मानिसहरूलाई भूसले भरेको बोराको संज्ञा दिएका छन्। शिक्षक सुब्बाले भोलिको सिक्किमको समाजको ब्लू प्रीण्ट सिक्किम प्रोग्रेसिभ युथ फोरमको हातमा तयार गर्नुपर्छ भन्दै सिक्किमलाई प्रगतिशील बनाउन युवाहरूको भुमिका हुनुपर्ने पनि बताए।

अर्कोतिर कार्यक्रमका सभा अध्यक्ष साहित्यकार टिका भाइले सङ्कट र संघर्षसँग जुझे मात्र समाज अघि बड्नेछ भन्दै युवाहरूलाई संघर्षसँगै प्रगतीशील सोंच लिएर अघि बड्ने अपील गरे। सिक्किमको साहित्यिक सन्दर्भमा बोल्दै उनले सिक्किममा नारी विशेषलाई उठाएर साहित्यलेखनलाई अघि बढाउने सोच सिर्जना हुँदै गरेको बताउँदै उनले साहित्य लेखनभन्दा पहिले नारीवादलाई चासो राखेर अध्ययन गर्ने पनि सल्लाह दिए। साहित्यकार टिका भाइले पुरानो आदर्श नारीवादले वर्तमान युगमा रावणको निम्ति सीता बनाउने काम गर्दैछ भन्दै समाजमा देखिने लैङ्गिक असमानता र अप्रजातान्त्रिक व्यवस्थाको विरोध गरिनुपर्ने पनि बताए। उनले सिक्किम प्रोग्रेसिभ युथ फोरमले साहित्यसँगै समाजको प्रगतिको जिम्मेवारीलाई पनि अघि लिएर आइरहेको बताए।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार भीम रावतले सिक्किम प्रोग्रेसिभ यूथ फोरमले सिक्किमको व्यवस्थालाई टकसिङ हान्ने र व्यवस्थालाई सुधार्ने काम गर्नेछ भन्ने आशा रहेको बताए। उनले सिक्किममा साहित्यिक कृतिहरू अहिले केवल नाम कमाउनको निम्ति मात्र निकाल्ने होडबाजी रहेको बताउँदै अहिले निस्किरहेका पुस्तकहरूमा पठनीय सामाग्रीहरू धेरै कम पाउने गरेको पनि जानकारी गराए। यसरी नै आज लोकार्पित पत्रिका विषयमा बोल्दै पत्रिकाका सम्पादक शङ्कर शर्माले नयाँ दृष्टिकोण पत्रिका गत दुई वर्ष घिदेखि छापामा ल्याउने काम गरिएको बताए। उनले सम्पादकीय सम्बोधनमा पत्रिका निकाल्नको उद्देश्य समाजमा प्रगतिशील साहित्यको सिर्जना र यसलाई बडावा दिनु रहेको बताएका छन्। नेपाली साहित्यमा प्रगतिशील लेख र विचारको कमी भएको आफ्नो विचारलाई अघि ल्याउँदै उनले यस पत्रिकाले समाजलाई नयाँ साहित्यको बाटोमा डोहोऱ्याउँछ भन्ने आशा पनि राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया