नगरपालिकापछि तृणमूल पञ्चायततिरः २१ परिवार तृणमूलमा

निर्माण थापा

खरसाङ, 23 मई 2017


पहाडमा हिल तृणमूलले नगरपालिकामा खाता खोलेपछि अब पञ्चायत क्षेत्रमा पनि पार्टी विस्तारको कार्य तीब्र गरेकोछ। मिरिक नगरपालिकामा बोर्ड गठन र खरसाङमा पहिलोपल्ट तीनजना बिजय भएपछि अब पञ्चायत क्षेत्रमा पनि आफ्नो पकड बलियो बनाउने तर्फ तृणमूल लागेको छ।

आज हिल तृणमूलले खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको सिविटार चियाबारीमा गोजमुमो र गोरामुमोबाट २१ परिवार समर्थकहरु तृणमूलमा सामेल भएका छन्। सिविटारमा तृणमूलको‌ सभा पाल्देन तामाङको अध्यक्षतामा र सदीप राईको सञ्चालनमा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा तृणमूलको ट्रेड युनियनको दार्जीलिङ जिल्ला सभापति शेखरचन्द्र प्रधान उपस्थित थिए। तिनकै बाहुलीबाट गोजमुमो र गोरामुमोबाट- तृणमूलमा सामेल हुनेहरुलाई दलीय झण्डा प्रदान गरिएको थियो।

गाउँमा गोजमुमो नेतृत्वहरुको मनमानी र आफुखुशी गरेर जनतालाई ढाँटेको र विकासका कार्यहरु सबै थाँतीमा रहेको भन्दै बिकासको लागि राज्यको सत्तामा रहेको तृणमूलमा सामेल भएको भनी २१ परिवारको तर्फबाट दिलिप प्रधानले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन