24 घण्टाभन्दा धेर समयदेखि सिलगढीसित सिक्किम-कालेबुङको यातायात सम्पर्क ठप्प: आज पनि खोलिने सम्भावना छैन: मौसम सामान्य रहे भोलीदखि हुनसक्छ सुचारू

कालेबुङ, 12 जुलाई: सिलगढीसित सिक्किम-कालेबुङको यातायात सम्पर्क ठप्प बनेको 24 घण्टा पूर्ण भइसकेको छ। सिक्किमको जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग-10 अन्तर्गत सेतीझोडामा गएको भीषण पैह्रोको कारण यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको हो।

लगातारको वर्षाको कारण बिहिबार बिहानै सेतीझोडामा झरेको पैह्रो अहिलेसम्म हटाउन सम्भव भएको छैन। जसले गर्दा सिलगढी, सिक्किम अनि कालेबुङगामी यात्रीहरू दुई दिनदेखि प्रभावित बनेका छन्।

पैह्रोलाई हटाउन विभागले बिहिबारदेखि नै प्रयास गरिरहेको भएपनि लगातारको वर्षाको कारण पैह्रो झर्ने क्रम थामिएको थिएन। यसैले बिहिबार राती आठ बजीसम्म विभागले पैह्रोस्थलमा काम गरेपनि अन्तत: लगातारको वर्षाको कारण पैह्रो झर्ने क्रम नथामिएपछि विभाग पछि हट्न बाध्य बनेको थियो। यद्यपि आज बिहानैदेखि विभागले पैह्रो हटाउन कसरत गरिरहेको छ। यदि मौसम सामान्य रहे आज साँझसम्म सडकमार्ग खुल्ला हुनसक्ने विभागले आश्वस्त गराएको छ। यसबाहेक 29 माइल, भोटेभीर, लिखुभीर आदि विभिन्न स्थानमा झरेको पैह्रो  पनि विभागले सोहोरेर खाली गरिसकेको छ।

राजमार्ग बनेद रहेको कारण साना गाडीहरूले घण्टौँ लाग्ने वैकल्पिक मार्ग अप्नाएर यातायात गर्न बाध्य बनेको थियो। सिलगढी जाने गाडीहरूले बिरिक डाँडा देखि लङ्कु हुँदै लाटपञ्चरबाट कालीझोडा झरेर यात्रा गरेका थिए केही बाहनहरू टिस्टा पेशोक हुँदै जोरबङ्लो भएर सिलिगुडी जान बाध्य बनेको थियो। साना गाडीहरूले वैकल्पिक मार्ग अप्नाएपनि कालेबुङ अनि सिक्किमगामी मालबाहक गाडीहरूको भने काँलीझोडादेखि नै ताँती रहेको छ।  राजमार्गको पैह्रोको कारण यसरी दुई दिनदेखि यात्रीहरूले सास्ती भोग्नपरे पनि आज साँझसम्म पनि राजमार्ग खोलिने सम्भावना छैन। यदि मौसम सामान्य रहे भोली बिहान फेरि बाँकी रहेको पैह्रो एकैचोटी हटाएर राजमार्गको यातायात सुचारू गराउने प्रयासमा रहेको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया