राजस्थानका पर्यटकको शव उद्दार

कालेबुङ, 12 जुलाई: जलपाइगुढी जिल्लाको गाजोलडोबामा टिस्टा नदीबाट राजस्थानका पर्यटक अमन गर्गको शव उद्दार गरिएको छ। बुधबार तीनजना साथीहरूसित सिक्किम घुम्न गइरहेको समय उनीहरू सवार भएको इनोभा गाडी बागपुल नजिक सडकमा चिप्लिएर टिस्टा नदीमा झेरको थियो।

त्यसै समयदेखि चालक लगायत अन्य तीनजना पर्यटक टिस्टा नदीमा निखोज बनेका थिए। घटनापछि  राफ्टिङ अनि एनडीआरएफको टोलीले खोजी अभियान जारी राखेको भएपनि सफलता हात लागेको थिएन। यद्यपि आज चालक लगायत चारजनामध्ये एकजना पर्यटक अमन गर्गको शव भने गजोलडोमा टिस्टा नदी किनारबाट उद्दार गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन