चिया कविताले पालन गऱ्यो 205औं भानु जयन्ती

????????????????????????????????????

गान्तोक, 13 जुलाई। नेपाली भाषामा रामायणको अनुवाद सितै जातीय एकिकरणको सुत्रधार बन्न सक्षम आदिकवि भानुभक्तको 205औं जयन्ति चिया कविता समुहले विगतमा झैं अनौपचारिक ढङ्गमा विशेष प्रकारले पालन गऱ्यो। पूर्व सिक्किमको राङ्गा लोअर लिङ्दूङमा स्थित बस्ती फार्म स्टेमा विशेष कविता गोष्ठि सितै भानुभक्तको कर्म र सिर्जना बारे संकथन र चर्चा राख्दै जन्म जयन्ति पालन गऱ्यो। कार्यक्रममा भानुभक्तको मुहार चित्रमा थुङ्गे फूल अर्पण गरेर श्रद्धाञ्जलि चडाएपछि कवि गोष्ठि आरम्भ भयो। यसै बीच कवि तथा कथाकार प्रविण राई जुमेलीले भानुभक्तको सिर्जन धर्मिता र तत्कालिन सामाजिक पक्ष बारे चर्चा उठाएका थिए।

भानुभक्तले तत्कालिन नेपालको समाजमा रहेको राजशासन र राणा शासनको समयलाई रामको प्रतिक बनाएर अत्याचारको विरुद्धमा वनवास गएर भएपनि फर्किआएर त्यसको अन्त्य गर्नुपर्ने सोंचलाई जनमानसमा हालिदिने काम गरेको बताए। जसरी रावणरूपी अत्याचार मास्न रामको पात्र सिर्जना भएजस्तै नेपालको तत्कालिन समयलाई सम्बोधन गर्ने राम पात्रको आवश्यकता बोध भानुभक्तलाई भएको बताए।

कार्यक्रममा सिक्किमका वरिष्ठ गायक तथा कवि देउकुमार दुमीले पुरानो गीत सितै कविता वाचन गरेका थिए। यसैगरि कार्यक्रममा कवि डीएन नेपाल, पदम बहादुर छेत्री, जिविका अश्रु, लुइस विष्ट, एसबी कार्की, जगन दाहाल, दीपा राई, अमीर भण्डारीले कविता वाचन सितै घाँसी भानुभक्त र वर्तमान समय सित समिक्षात्मक टिप्पणीहरू राखेका थिए। यसैगरि सिक्किममा गीत गजलमा बलियो आधार बनाउँदै गइरहेका गीतकार भक्ति बस्नेत र ललित लोहार (निर्मल गङ्गा)-ले गीत गायन प्रस्तुत गरेका थिए। यसैगरि कार्यक्रमको सञ्चालन संयोजक प्रवीण खालिङले गरेको थिए भने पत्रकार विशाल गुरुङ, दिला छेत्री र सन्दीप प्रसादको विशेष उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया