राजमार्ग-10 मा खोलियो एकतर्फी सडक:  सिक्किम अनि कालेबुङगामी बाहनहरूलाई अस्थायी राहत

कालेबुङ, 13 जुलाई:   राष्ट्रिय राजमार्ग-10 अन्तर्गत सेतीझोडामा शनिबार साँझ पैह्रोमाथिबाट नै एकतर्फी सडक खुलाइएको थियो। तर आज बिहान 8.30 बजीदेखि पुन: पैह्रो झरेपछि अस्थायी रूपमा खोलिएको सडकमार्ग पुन: ठप्प बनेको थियो।

यात्रीहरूले भोगिरहेको असुविधालाई ध्यानमा राखेर सडक अस्थायी रूपमा खोलिएको खबरपछि सिक्किम-कालेबुङ आदि क्षेत्रका धेरै बाहनहरू राजमार्गमा पुगेको भएपनि पैह्रोको कारण फेरि यातायात बाधित हुँदा यात्रीहरू घण्टौसम्म जाममा फँसेका थिए।

यद्यपि 6 घण्टा लामो करसतपछि लगभग 2.30 बजीदेखि सेतीझोडामा एकतर्फी सडक खोलिएको छ। सडक खोलिएपछि विस्तारै गाडीहरूको चलाचल शुरू भएपनि राजमार्गमा व्यापक जामको कारण यात्राहरूले धेरै समस्या भोगिरहेका छन्। राजमार्ग-को सेतीझोडामा गत बुधबार बिहान आएको व्यापक भलपैह्रोले गर्दा आजसम्म यातायात ठप्प थियो।

अर्कोतिर राष्ट्रिय राजमार्ग 10 अन्तर्गत सेतीझोडामा गएको पैह्रो हटाइसक्न नपाउँदै आज पुन:  गेलखोला अनि 29 माईलको बीचमा सडकको एकचौथाइ भाग चुँडिएको छ। यस ठाउँमा पनि गाडीहरूको एकतर्फी चलाचल मात्र भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया