साहित्यकार हायमान दास राई किराँतको निधनमा चिया कविताद्वारा शोक प्रकट

गान्तोक, 15 जुलाई। भारतीय नेपाली भाषा साहित्यका शताब्दी पुरूष तथा धरोहर हायमान दास राई (श्री किरात) को 101 वर्षको उमेरमा गोरूवथानको उत्तरे गाउँमा निधन भएको खबरले सम्पूर्ण नेपाली साहित्य र नेपालीभाषी समुदायमा शोकको लहर छाएको छ।  साहित्यमा श्री किराँत नामले पनि प्रख्यात स्वर्गीय हायमान दास राई किराँतको निधनमा चिया कविता समूह सिक्किम हार्दिक शोक प्रकट गर्दै उनको साहित्यिक योगदानमा सधैँ अमर रहने ठान्दछ। भारतीय नेपाली साहित्यमा गोरूबथान जस्तो ठाउँमा रहेर साहित्यिक प्रकाशन नव युग पुस्तक मन्दिरको स्थपना देखि लिएर साहित्य रचना र युवाहरूलाई उनले दिएको प्रसस्त प्रोस्ताहनमा उनी सधैँ अमर  रहनेछन् भन्ने ठहर गर्दै चिया कविता परिवारका सबै सदस्यहरूको तर्फबाट शोक व्यक्त गर्दै श्रद्धञ्जलि अर्पण गर्दै शोकाकूल परिवार प्रति सम्वेदना प्रकट गर्दछ भनि चिया कविताका संयोजक प्रवीण खालिङले जारी गरेको प्रेस बयानमा उल्लेख छ। उनको निधनले नेपाली साहित्याकाशमा ठूलो भौप्वाँल पर्न गएको सबैलाई महशुस भएको अनि उनको सबै कृति र सिर्जनाहरू भने नेपाली साहित्य ढिकुटीको निम्ति सर्वकालिक प्रेरणा अनि उनको अमरत्वको प्रतिक बनिरहने पनि बताएका छन्।

सन् 1919 को 11 फरवरीको दिन उत्तरे गाउँ गोरूबथानमा जन्मिएका हायमान दास राई किराँत  गोरूबथान क्षेत्रकै ब्राण्ड नेम रहेका थिए। साहित्य अकादमी पुरस्कारसमेत विभिन्न पुरस्कारले पुरस्कृत भएका स्वर्गीय किराँतले आफ्नो जीवनको 15 वर्षदेखि नै साहित्य लेखन र प्रकाशनमा लागेको पाइन्छ।  उनको पहिलो रचना 1934 सालमा सारदामा कथा प्रकाशित भएको थियो। उने युवाहरूलाई प्रोत्साहन दिने तत्कालिन काममा स्वर्गीय इन्द्रबहादुर राई, स्वर्गीय गुमानसिंह चामलिङ, स्वर्गीय हरिभक्त कटावाल जस्ता प्रख्यात स्रष्टाहरूलाई प्रकाशन मार्फत उनका सिर्जनाहरू प्रकाशित गरेर नेपाली साहित्य जगतमा योगदानको बाटो प्रसस्त गरिदिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया