खबरम्यागजिनको मुख्य सम्पादकमा प्रज्ज्वल छेत्री

कालेबुङ, 17 जुलाई।


खबरम्यागजिनको कपि सम्पादक प्रज्ज्वल छेत्री अब मुख्य सम्पादकमा नियुक्त भएका छन्। पूर्व मुख्यसम्पादक मनोज बोगटीले प्रज्ज्वल छेत्रीलाई उप्रान्त खबरम्यागजिनको सिरोभारो प्रदान गरिएको जनाए।  वैकल्पिक पत्रकारिताको मिशनमा निरन्तर लागिपरेको खबरम्यागजिनले समाजलाई रचनात्मक बहसतर्फ डोहोऱ्याउनमा निरन्तर प्रतिबद्ध रहेको प्रज्ज्वल छेत्रीले पनि जनाएका छन्।

स्थापनाकालदेखि नै छेत्री कपि सम्पादकको रुपमा खबरम्यागजिनमा थिए। प्रज्ज्वल छेत्री खबरम्यागजिनकै टेलिभिजन शाखा एवं चर्चित युट्युब च्यानल खोजखबर-का निर्देशक-सञ्चालकसमेत हुन्। शुरुदेखि नै खबरम्यागजिन र खोजखबरले निरन्तररुपमा वैकल्पिक पत्रकारिताको धर्म निर्वाह गर्दै आइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन