20 अगस्त: सिक्किम र दार्जीलिङले सरकारी विदा घोषणा गरे असल

२० अगस्त १९९२ मा नेपाली भाषाले संवैधानिक स्वीकृति पाएको आज २७ वर्ष भइसक्यो तर आजपर्यन्त हामी हामीले प्राप्त गरेको उपलब्धिको उपभोग गर्न त होइन तर उपलब्धिप्रति नै अनभिज्ञ र मौन छौं । यसरी हुँदैन । हामीले हाम्रो जातीय युद्धलाई सचेत र सबल तरिकाले अघि बढाउनु हो भने हामीले विगतमा प्राप्त गरेको ऐतिहासिक उपलब्धिप्रति गर्व गर्दै रहल कामको निम्ति तयार हुनु आवश्यक छ ।


सुवास सोताङ, कालेबुङ।

फर्केर हेर्दा नेपाली भाषा मान्यताको निम्ति भारतीय नेपालीहरूद्वारा राष्ट्रिय स्वरूपमा गरिएको भाषा आन्दोलन अहिलेसम्मको सबैभन्दा सचेत, सशक्त र सफल आन्दोलन थियो भने यस आन्दोलनको बलले प्राप्त गरेको नेपाली भाषाको संवैधानिक स्वीकृति भारतमा नेपालीहरूले प्राप्त गर्न सकेको अहिलेसम्मको सबैभन्दा ठूलो र ठोस उपलब्धि हो । भारतजस्तो अनेक भाषिक, सांस्कृतिक र जातीय विविधता भएको विशाल राष्ट्रको सर्वोच्च संविधानमा आफ्नो भाषिक, साहित्यिक, सांस्कृतिक र जातीय उपस्थिति र सुरक्षाको हक-अधिकार सुनिश्चित गराउन सक्नु नेपाली भाषा आन्दोलनको महानतम् उपलब्धि हो । ३६ वर्षे भाषा आन्दोलन भारतीय नेपाली भाषीहरूले लड़ेको प्रथम महाभारत थियो भने नेपाली भाषाको मान्यताचाहिँ भारतीय नेपालीहरूले पाएको पहिलो विजय पुरस्कार थियो । पहिलो मात्र होइन यथार्थमा यो विजय भारतीय नेपालीहरूले भारत राष्ट्रमा जितेको अहिलेसम्मकै सर्ववृहत पुरस्कार हो भन्दा फेर पर्दैन ।

२० अगस्त १९९२ मा नेपाली भाषाले संवैधानिक स्वीकृति पाएको आज २७ वर्ष भइसक्यो तर आजपर्यन्त हामी हामीले प्राप्त गरेको उपलब्धिको उपभोग गर्न त होइन तर उपलब्धिप्रति नै अनभिज्ञ र मौन छौं । यसरी हुँदैन । हामीले हाम्रो जातीय युद्धलाई सचेत र सबल तरिकाले अघि बढाउनु हो भने हामीले विगतमा प्राप्त गरेको ऐतिहासिक उपलब्धिप्रति गर्व गर्दै रहल कामको निम्ति तयार हुनु आवश्यक छ । भाषा मान्यता हामीले प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यस उपलब्धिप्रति गौरव गर्नु, यस उपलब्धिलाई संस्थागत गर्नु र यस उपलब्धिबारे हाम्रा सन्तान-दर सन्तानलाई सचेत बनाउनु हो भने २० अगस्तलाई ‘भाषा दिवस’-को मान्यता दिँदै कार्यक्रम आयोजनको निम्ति सरकारी विदाको घोषणा गरिनु आवश्यक छ । यस दिशातिर जीटीए र सिक्किम सरकारले उचित पहल गरे ऐतिहासिक निर्णय हुनेछ भने यसकार्यप्रति नेपाली भाषीहरू युगौंसम्म चिरकृतज्ञ बन्नेछन्

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया