पहाडमा आएका केन्द्रिय योजनाहरूमा व्यापक भ्रष्टचार हुँदैछ-भाजपा

कालेबुङ, 18 जुलाई: पहाडमा आएका धेरैवटा केन्द्रिय योजनाहरूमा व्यापक भ्रष्टचार भइरहेको भारतीय जनता पार्टीले आरोप लगाएको छ। प्रधानमन्त्री आवाज योजना, उज्ज्वला योजना, वृद्ध भत्ता, सयदिने रोजगार योजना लगायतका विभिन्न योजनाहरूमा भ्रष्चटार भइरहेको भन्दै आज भाजपा कालेबुङ जिल्ला समितिका सागर पोख्रेलको नेतृत्वमा कालेबुङ खण्ड विकास अधिकारी कार्यालयमा ज्ञापन-पत्र सुम्पिएको छ।

खण्ड विकास अधिकारीको अनुपस्थितिमा संयुक्त खण्ड विकास अधिकारी सिखुरी यामगामासित भेट गरेर भ्रष्टचार सम्ब्नधी छानबीन गरेर दोषीलाई कार्यवाही गर्न भाजपाले माग गरेको छ। उक्त भेटघाटपछि पत्रकाहरूसित कुराकानी गर्दै पोख्रेलले भने अनुसार प्रधानमन्त्री ग्राम आवाज योजनामा लाभार्थीहरूलाई शुरूमा नै 25 हजार रुपियाँ जमा गर्न लगाइँदैछ अनि केवल 60 हजार रुपियाँमा मात्र दिएर घर शुरू गर्ने निर्देश दिँदै रहल पैसा दिइएको छैन। जबकी सरकारको गाइडलाइन्समा यस्तो नियम कतै नरहेको पोख्रेलले दावी गरेका छन्।

यसरी नै उनले सयदिने रोजगार योजनामा सुपरभाइजर अनि पञ्चायत कर्मीहरूको मिलिभगतमा काम हुने गरेको अनि लाभार्थीहरूले ठिकसित पैसा नपाएको साथै 80 प्रतिशत पैसा नेता, अधिकारी, राजनैतिक दल आदिलको गोजीमा गइरहेको अनि केवल 20 प्रशिशतको मात्र काम हुनेगरेको आरोप लगाए।

यसबाहेक पहिलेबाट नै एजेच टोइलेट बाथरुम भएकाहरूको नाम समेत पञ्चायत कार्यालयमा आइरहेको भन्दै जुन योजनाहरू निमुखा जनतासम्म पुऱ्याउनुपर्छ ती योजनाहरू भाजपाले पुऱ्याएर नै छाड्ने प्रतिबद्धता जाहेर गरे। उनले सरकारले दिएको पैसा ठिकसित जनताकै हातमा पुग्नपर्ने भन्दै गोर्खाहरूको चिह्नारीको कुरा भाजपाले ठिक समयमा उठान गर्ने अनि लक्ष्यमा पुग्नअघि जनताका स-साना समस्याहरूको  पनि समाधान गर्दै जाने बताए।

अर्कोतिर अतिरिक्त खण्ड विकास अधिकारी सिखुरी यामगामाले यसबारे जाँच प्रक्रिया अघि बढाउने अनि 15 दिनभित्र जाँच गरेर दोषी भेट्टाइए कार्यवाही गरिने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया