मणि ट्रस्टद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

कालेबुङ, 19 जुलाई: कालेबुङको समाजिक संस्था मणि ट्रस्ट अनि मेची नेत्रालय आँखा अस्पतालको संयुक्त आयोजनामा आज यहाँको भालुखोपमा चौथो निःशुल्क जाँच शिविर सम्पन्न भयो। यसअघि कालेबुङ, झोलुङ अनि तोदेमा तीनवटा शिविर गरिसकेको ट्रस्टले ‘हेल्थ फर् हेल्पलेस’-कार्यक्रम अन्तर्गत शिविर आयोजना गर्दै आएको हो। भालुखोप ग्राम सुधार समितिको सहयोगमा सम्पन्न शिविरमा स्थानीय गाउँका 2 सय 50 भन्दा अधिक रोगीहरूले आँख जाँच गराए। शिविरमा मेची नेत्रालय आँखा अस्पतालका प्रबन्ध प्रमुख नवराज प्रधान, डा. योगेन्द्र रावत एवं चिकिस्त्सा टोली उपस्थित थिए।

शिविरबारे जानकारी गराउँदै ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले भने अनुसार यसअघि गरिएका शिविरहरूमध्ये 20 जना विरामीहरूलाई ट्रस्टले मेची अस्पतालमा लगेर अपरेसन गर्ने व्यवस्था गरिसकेको छ।। 20 जना विरामीमध्ये आर्थिक विपन्न परिवारका 16 जना विरामीहरूलाई ट्रस्टले नै सबै व्यवस्था गरेको सिंहले बताए।

अर्कोतिर डा. योगेन्द्र रावतले यस भेकमा मोतीविन्दु भएका विरामीहरू अधिक भेटिएको बताए। आँखाको एलर्जी, अल्सर एवं उमेरका कारण आँखा कम देख्ने विरामीहरूलाई शिविरअवधि नै ओषधी दिइएको अनि आवश्यकता अनुसार सुलभ मूल्यमा चस्मा प्रदान गरिएको बताए। अपरेसन गर्नुपर्ने अवस्थामा भएका विरामीहरू मेची नेत्रालय आँखा अस्पतालमा आएको खण्डमा विशेष छुटका साथ अपरेसन गरिने व्यवस्था रहेको उनले बताए।

यसरी नै अर्कोतिर स्थानीय 12 वटा समाजहरूको छाता सङ्गठन भालुखोप ग्राम सुधार समितिले क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद आदि क्षेत्रमा कार्य गर्दै आइएरहेको छ। यसै समाजिक कार्य अन्तर्गत आज सफलतापूर्वक आँखा जाँच शिविर सम्पन्न हुनसकेको बताउँदै समाजका अध्यक्ष विकास राईले मणि ट्रस्ट अनि मेची अस्पतालपक्षप्रति आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन