आमरा बङ्गालीविरूद्ध गोजमुमोको पोष्टरिङ, भन्यो, ‘सासंद विष्टको अगुवाइमा सिलगढीमा ऱ्याली निकाल्ने आँट गरून्’

कालेबुङ, 22 जुलाई:  आमारा बङ्गालीको विरोधमा गोर्खा जनमुक्ति युवा मोर्चा विनय तामाङपक्षले आज शहरमा पोष्टरिङ गरेको छ। केही दिनअघि आमरा बङ्गालीले ऱ्याली निकार अलग राज्यविरूध गरेको नाराबाजीको प्रतिक्रियास्वरूप आज गोजमुमो विनय तामाङपक्षले शहरमा पोष्टरिङ गर्दै उक्त ऱ्यालीको विरोध गरेको हो।  पोष्टरमा आमारा बङ्गालीको विरोध अनि गोर्खाल्याण्डको पक्षमा सासंद विष्टको अगुवाइमा सिलगढीमा ऱ्याली निकाल्नुपर्ने भन्दै मोर्चाले भाजपाप्रति कटाक्ष गरेको छ।

‘आमरा बङ्गालीको विरोध र गोर्खाल्याण्डको पक्षमा दार्जीलिङका सासंद राजु विष्टको अगुवाइमा सिलिगुढीमा ऱ्याली निकाल्ने आँट गरून्’-पोष्टरमा भनिएको छ, ‘गोर्खाल्याण्डको पक्षमा यदि बीजेपी अहिले पनि छ भने यथाशीघ्र गोर्खाल्याण्ड राज्य गठन गरुन्।’

पोष्टरमा गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने आमरा बङ्गालीलाई होशियारी गराउँदै पकट पटक विदेशीको लाञ्छनाको एउटा मात्र औषधी गोर्खाल्याण्ड रहेको पोष्टरमा उल्लेख छ। पोष्टरमा आमरा बङ्गालीविरूद्ध सासंद राजु विष्ट अनि दार्जीलिङका विधायक निरज जिम्बाको मौन रहेको भन्दै उनीहरूको मौनतामाथि पनि प्रश्न उठाइएको छ।

पोष्टरिङपछि युवा मोर्चा नेता इमान चामलिङले देशको लागी धेरै योगदान दिने गोर्खाहरूलाई फेरि विदेशी लाञ्छना लगाउने काम भएकोले आमरा बङ्गालीविरूद्ध कार्यवाही हुनुपर्ने माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन