कफी खेतीलाई प्रोत्साहित गर्दै कृषकहरूलाई पानीको पाइप अनि ट्याङ्की वितरण

कालेबुङ, 22 जुलाई:  आज 39 नम्बर समष्टिका कफीको खेती गर्ने कृषकहरुलाई जीटीएको तत्वधानमा पानीको ट्याङकी, पाइप आदि सहुलियतहरू प्रदान गरियो। जीटीएअधिनस्त सिन्कोना र कृषि र बागवानी विभागको संयुक्त आयोजनामा स्थानीय साङसे क्लस्टर हेडमा एउटा सभा सम्पन्न भएको थियो। जहाँ विभागीय अधिकालीहरूसितै क्षेत्रका मोर्चा प्रतिनिधिहरु पनि उपस्थित थिए। विश्व प्रसिद्ध चिया पछि कालेबुङमा कफीको ब्रान्ड व्रान्ड बनाउने एउटा योजना लिएर जीटीएले गत बर्षदेखि कफी खेती गर्न इच्छुक कृषकहरुलाई उच्च प्रजातिको बिरूवा वितरण गर्दै आएको छ। अहिले कृषकहरूलाई सुख्खा दिनमा सिचाइको व्यवस्था प्रयोजन गर्न ट्याङ्की र पाइप प्रदान गरेको छ।

कार्यक्रममा विभागीय अधिकारीहरू डा. माधव छेत्री, डा गोलाप तामाङ, लिना सुब्बा आदि कार्यक्रममा उपस्थित थिए।

कृषकहरूलाई मोर्चा जिल्ला समिति नेतृत्वहरू युवा अध्यक्ष विदुर राई, जिल्ला सह-सचिव पङ्कज छेत्री, समष्टि समितिका सचिव सार्जन गुरुङ, जिल्ला समिति सदस्य दिपेन शेर्पा आदिको बाहुलीबाट सहुलियत प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रका मोर्चा नेतृत्व सार्जन गुरुङले कृषि उत्थानको निम्ति जीटीएले लिएको यो पदक्षेपलाई सराहनीय कार्य बताए। चियाको कारण विश्व प्रसिद्ध दार्जीलिङ झैँ कफी उत्पादनलाई अघि ल्याएर कालेबुङलाई चिनाउने योजनाले कालेबुङका अधिकांश कृषकहरू लाभान्वित हुने गुरुङले बताएका छन्। कालेबुङका कृषकहरूको पक्षमा उनले जीटीएका प्रशासक र अन्य अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।

यसरी नै विभागीय पक्षमा सिन्कोना विभागका एक अधिकारी लिना सुब्बाले कालेबुङका कृषकहरूको निम्ति कफीको नयाँ योजना जीटीएले अघि ल्याएको बताइन्। गत बर्ष बिरूवा बितरण गरिएको थियो भने अब सिचाइको निम्ति ट्याङ्कि र पाइप आज नि:शुल्क वितरण गरिएको उनले जानकारी गराइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन