नगरनिगम’-बन्नसक्छ ‘दार्जीलिङ नगरपालिका’

विज्ञापन

कालेबुङ, 22 जुलाई: दार्जीलिङ नगरपालिकाले आउने वर्षदेखि नगरनिगमको दर्जा प्राप्त गर्नसक्ने सम्भावना रहेको छ।  पश्चिम बंगाल राज्यका शहर विकास एवं नगरपालिका मामिलाका भारप्राप्त मन्त्री फिराद हाकिमले गोजमुमो अध्यक्ष विनय तामाङलाई आगामी वर्षको विधानसभा सत्रमा दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा प्रदान गर्ने प्रस्ताव पारित गरिने आश्वस्त गराएको दावी गरिएको छ। गोजमुमो अध्यक्ष विनय तामाङ स्वयंले एउटा प्रेस विज्ञप्ति जारी गरेर मन्त्री फिराद हाकिमको बयानलाई उद्घत गर्दै आगामी वर्षको विधानसभामा दार्जीलिङले नगरनिगमको दर्ता पाउनसक्न सम्भावना व्यक्त गरेका हुन्।

विज्ञप्तिमा जनाए अनुसार गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज मन्त्री फिराद हाकिमसित भेटवार्ता गरी दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता प्रदान गरिनुपर्ने माग गर्दै एउटा ज्ञापन पनि सुम्पेका थिए। सोही क्रममा मन्त्री हाकिमले यसको निम्ति राज्य सरकारले औपचारिक कार्यहरू शुरू गरिसकेको जनाउँदै आगामी वर्षको विधानसभा सत्रमा उक्त प्रस्ताव पारित गरिने आश्वासन दिएका हुन्।

1949 सालमा बनिएको सिलगढ़ी नगरपालिकाले अगावै नगरनिगमको दर्जा पाइसक्दा पनि 1850 सालमा बनिएको दार्जीलिङ नगरपालिकाले स्थापना भएको 170 वर्ष नाघिसक्दा पनि अहिलेसम्म नगरनिगमको दर्जा नपाउनु ठूलो दुर्भाग्यो कुरो रहेको उल्लेख गर्दै विनय तामाङले दार्जीलिङ नगरपालिकालाआ चाड़ोभन्दा चाड़ो नगरनिगमकोरूपमा बड़ोत्तरी गरेर दार्जीलिङ पहाड़लाई न्याय प्रदान गरिनुपर्ने माग मन्त्री फिराद हाकिमलाई चड़ाएको ज्ञापनमा उल्लेख गरेको छ।

‘सन् 2000 सालमा त्यसपछि 2002 सालमा पनि बारम्बार दार्जीलिङ नगरपालिकालाई नगर निगमको रूपमा बढोत्तरी गरिनुपर्ने माग गरिएको भएतापनि हालसम्म पश्चिम बंगाल सरकारले यस विषयमा अहिलेसम्म कुनै निष्कर्ष निकालेको थिएन’-विज्ञप्तिमा भनिएको छ, ‘32 वटा वार्डहरू रहेको दार्जीलिङ नगरपालिकामा हालमा 2 लाखभन्दा धेर वासिन्दाहरू रहिआएको कुरा ज्ञापनमा उल्लेख छ।’

दार्जीलिङ नगरपालिकालाई अविलम्बरूपमा नगर निगमको दर्जा प्रदान गरिनुपर्ने मागमाथि सकरात्मक आश्वासन प्रदान गर्दै मन्त्री फिराद हाकिमले अर्को विधानसभा सत्रमा यसमाथि निर्णय लिइने जनाएको गोजमुमो अध्यक्ष विनय तामाङले बताएका छन्।

‘दार्जीलिङ नगरपालिकालाई नगर निगमको मान्यता प्रदान गरिनुपर्ने मागमा हामी लगातार राज्य सरकारसित कुराकानी गरिरहेका छौं’-तामाङले भनेका छन् ‘आज मन्त्रीसित पनि यसै विषयमा सकरात्मक कुराकानी भएको छ। आगामी वर्षभित्रमा दार्जीलिङ नगरपालिका नगर निगमको परिणत हुनेछन् भन्ने हामीलाई आशा रहेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया