दिल्ली हमलाकाण्डका घाइते प्रणय प्रधानको निधन: जीटीएले गऱ्यो न्यायिक जाँचको माग

विज्ञापन

दिल्ली, 23 जुलाई: दिल्ली हमलाकाण्डमा गम्भीर घाइते बनेका प्रणय प्रधान अब रहेनन्। गत 18 जुलाईका दिन दिल्लीको कोटलामा प्रणय प्रधानमाथि प्राणघातक हमला भएको थियो। अज्ञात व्यक्तिहरूद्वारा गरिएको प्राणघातक हमलापछि सिकिस्त बनेका दार्जीलिङ पोख्रेबुङ मलट निवासी प्रणय प्रधान दिल्लीको सफदरजङ्ग अस्पतालमा उपचाराधिन थिए। उपचारकै क्रममा आज अपह्रान्न उनको मृत्यु भएको हो।

प्रणय प्रधानसितै दिल्लीमा काम गर्ने उनका दाजु सञ्जीव प्रधान अनुसार प्रणय प्रधान खान मार्केटको रेस्टुरेन्टमा सेफको काम गर्थे। प्रणय प्रधान लगायत पाँच जना पुरुष अनि महिला साथीहरू दिल्ली एउटा बर्थडे पार्टीमा गएर फर्किने क्रममा दिल्लीको कोटलामा मातेर बसेका तीनजना युवाकहरूले समुहका महिलाहरूसित छेडछाड गर्नखोज्दै उक्त युवकहरूले हातापाइ गर्न शुरू गरेका थिए। यसै अवधि प्रणय प्रधान लाई पछिबाट प्राणघातक हमला भएको थियो भने यसै हमलाको कारण प्रधानको मृत्यु भएको हो। घटनामा संलग्न तीनजना मुख्य आरोपीमध्ये दुईजनालाई पुलिसले पक्राउ गरेको छ भने एकजना फरार छन्।

यस घटनापछि उपचाराधिन प्रधानको आज मृत्यु भएपछि उनको शव पोष्टमर्टम गरिएको छ। उनको शव हवाइमार्ग भएर बागडुग्रा ल्याएपछि सडकमार्ग हुँदै पोख्रेबुङ मलटमा लगेर अन्तिम संस्कार गरिने भएको छ।

रोजगारकै सिलसिलामा दिल्ली गएका प्रधानको मृत्युलाई लिएर जीटीएले पनि शोक संवेदना प्रकट गर्दै घटनाको न्यायिक जाँच हुनुपर्ने माग गरेको छ।

‘गत १८ जुलाईको दिन जुन घटना घट्यो त्यसको न्यायिक जाँच हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ अनि यस विषयलाई म राज्यकी मुख्यमन्त्रीसँग छलफल गरेर प्रक्रिया अगाडि बढाउनेछु’-प्रधानको मृत्युपछि जीटीए अध्यक्ष  अनित थापाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्त घटनाहरू अबउप्रान्त नहोस् भन्नलाई देशमा कडा कानुन बनिनुपर्छ भन्ने पक्षमा पनि हामी छौँ र सम्बन्धित निकायमा हामी निवेदन गर्नेछौँ।’

भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनुलाई आफ्नो जिम्मेवारी मान्दै जीटीएले यस विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया