गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा खरसाङ बजारको विभिन्न समस्याहरूलाई लिएर नगरपालिकामा ज्ञापन

खरसाङ, 24  जुलाई: खरसाङ बजार क्षेत्रको विभिन्न समस्याहरूलाई लिएर आज गोरामुमो खरसाङ ब्राञ्च कमिटिको नवगठित कमिटीले खरसाङ नगरपालिकालाई ज्ञापन-पत्र दिएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको नव निर्वाचित सभापति निमा लामाको अगुवाईमा गएको टोलीले खरसाङ नगरपालिकाको चेयरम्यान कृष्ण लिम्बुलाई उनको कार्यालयमा नै भेट गरी ज्ञापन-पत्र दिएका छन्। गोरामुमो टोलीले विशेष रूपमा खरसाङ बजार क्षेत्रमा रहेका विभिन्न प्राथमिक समस्याहरूलाई ज्ञापन दिएका छन्।

यसमा विशेष गरी खरसाङ बजारको चुनाव खर्च,  घर निर्माण,  ई टेण्डर,  नाली झोड़ा,  पाईखाना,  पानीको व्यवस्था,  बजार क्षेत्रमा हुने कामहरुको गुणस्तरीय हुन पर्ने लगायत प्राकृतिक प्रकोपबाट बाँच्न गोरामुमोद्वारा गठित रिलिफ कमिटी विषयमा पनि  ज्ञापन दिएको छ। नगरपालिका चेयरम्यान कृष्ण लिम्बुलाई ज्ञापन दिएपछि गोरामुमो खरसाङ ब्राञ्च कमिटिको सभापति निमा लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो तर्फबाट आज नगरपालिकालाई राजनैतिक तौरमा ज्ञापन दिएको होइन तर बजार क्षेत्रको विभिन्न समस्याहरूलाई लिएर मात्र ज्ञापन दिएको बताए। उनले हाम्रो ज्ञापन पाएपछि नगरपालिका चेयरम्यान कृष्ण लिम्बुले आगामी 30 जुलाईमा नगरपालिका बोर्डको महत्वपूर्ण सभा हुने भएकोले उक्त सभामा यी कुराहरू पनि राखिने र सही रूपमा कार्य गर्नलाई गोरामुमोको ज्ञापनलाई पनि स्थान दिने जानकारी दिएको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया