6 वटा दलले संयुक्त रूपमा शहीद दिवस मनाउने:तोप्देन भोटियाले भने, ‘हामी साँचो गोर्खाल्यण्डप्रेमी’

विज्ञापन

कालेबुङ, 25 जुलाई: लोकसभा चुनाउअवधि गठनबन्धनमा रहेका 6 वटा दलले संयुक्त रूपमा शहीद दिवस पालन गर्ने भएको छ। गोजमुमो-1, गोरामुमो, क्रामाकपा, गोर्खालीग, गोरानिमो र भाजपाले 27 जुलाईका दिन कालेबुङको टाउनहलमा संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको छ। एकातिर गोजमुमो विनय तामाङपक्षले यहाँको 10 माईलमा अवस्थित शहीद पार्कमा कार्यक्रम आयोजना गर्ने भएको छ भने सोही दिन यी छ वटा दलहरूले अलग्गै टाउनहलमा कार्यक्रम आयोजना गर्नेछ। शहीद दिवस समितिका सचिव तोप्देन भोटियाले आज एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराएका हुन्। उनले विनय तामाङपक्षको गोजमुमोको नाम उल्लेख नगरी आफूहरू साँचो गोर्खाल्याण्डप्रेमी अनि विनय तामाङहरू गोर्खाल्याण्ड विरोधी रहेको बताए।

‘हामी साँचो गोर्खाल्याण्डप्रेमी हौँ’- भोटियाले भने, ‘यसपालि शहीदहरूलाई साँचो गोर्खाल्याण्ड माग्ने जनताले श्रद्धाञ्जली दिएको हुनुपर्छ भन्ने ठानेर यो श्रद्धाञ्जली समारोह आयोजना गरेका हौँ।’

उनले साँचो गोर्खाल्याण्ड माग्नेहरूले श्रद्धाञ्जली दिए मात्र शहीद खुशी हुने अनि झुटो गोर्खाल्याण्ड माग्नेहरूले श्रद्धाञ्जली दिए शहीदको आत्मा रुने दावी गरे।

टाउनहलमा श्रद्धाञ्जली दिनेहरू गोर्खाल्याण्डप्रेमी अनि 10 माईलमा श्रद्धाञ्जली चढाउनेहरू गोर्खाल्याण्ड विरोधी भनेर भोटियाले छुट्टाए।

‘हामीले शुरूदेखि नै गोर्खाल्याण्डको निम्ति भनेर सङ्घर्ष गरिरहेका छौँ’-भोटियाले भने, ‘आज म बोल्दैछु, बेलुकी नै थुनुवा हुन्छु कि भन्ने पनि मलाई थाहा छैन। तरैपनि जातिको निम्ति हामीले हाम्रो स्वाभिमानलाई नबेचिकन सङ्घर्षमा छौँ। स्व. मदन तामाङले भनेजस्तो घरज्वाइँ बसेर ससुरालाई कराए जस्तो गरेर हुँदैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया