कालेबुङका गोजमुमो कार्यकर्ताहरूसित विनय तामाङको बैठक: केन्द्रियदेखि तृणमूल स्तरसम्मको साङ्गठनिक ढाँचामा परिवर्तन गर्ने

विज्ञापन

कालेबुङ, 25 जुलाई:  लोकसभा चुनाउपछि पहिलोपल्ट कालेबुङ आइपुगेका गोजमुमो अध्यक्ष विनय तामाङले यहाँको मल्लीरोडमा अवस्थित दलीय कार्यालयमा समष्टिस्तरका प्रतिनिधि अनि जिल्ला समितिका प्रतिनिधिहरूसित बैठक गरे। लोकसभा चुनाउपछि पहिलोपल्ट कालेबुङ आएका तामाङले साङ्गठनिक ढाँचामा केही परिवर्तन ल्याउँदै सङ्गठनलाई सशक्त बनाउने उद्देश्यले सङ्गठनका प्रतिनिधिहरूसित बैठक गरेका छन्।

यसअघि गोजमुमो महसचिव अनीत थापाको उपस्थितिमा मोर्चाको महत्त्वपूर्ण सभा सम्पन्न भएको थियो। यसै सभामा छनौट गरिएका कालेबुङका जिल्ला समितिका नयाँ पदाधिकारीहरूको नामलाई पनि तामाङले स्वीकृति दिए। जसमा कालेबुङ जिल्ला समितिका प्रमुख सल्लाहकारका रूपमा शिक्षक एवं समाजिक कार्यकर्ता सीबी गुरुङ, नारी मोर्चा सल्लाकारका रूपमा सप्तश्री ज्ञानपीठका शिक्षिका सुष्मा लामा अनि जिल्ला कमिटीका कार्यकारी अध्यक्षका रूपमा पूर्व पार्षद समेत रहिसकेका रोशन राई अनि युवा मोर्चा कार्यकारी अध्यक्षका रूपमा बारूथ थापाको नामलाई स्वीकृत गरेको विनय तामङले बताए।

‘हामीले कतिवटा साङ्गठनिक ढाँचाहरूमा परिवर्तन ल्याउँदैछौँ’-तामाङले भने, ‘त्यो परिवर्तन तृणमूल स्तरदेखि केन्द्रिय स्तरसम्म हुँदैछ।’

तामाङले भने अनुसार यहाँका मानिसहरूको राजनैतिक सुरक्षाको निम्ति मोर्चालई बुद्धीजीविहरूको आवश्यकता छ। मोर्चालाई यस घडीमा बुद्धीजीविहरूको सल्लाल अनि सुझाउको खाँचो छ। यसैले मोर्चा केन्द्रिय समितिमा पनि 17 जुना बुद्धीजीविहरूलाई लिएर ‘रिचर्स एण्ड स्टडी विङ्’-टीम गठन गरिएको छ। यसै समुहले दिएको सुझाउ एवं परामर्ष अनुसार नै पार्टीले कार्य गरिरहेको तामाङले बताए।

उनले भोलीदेखि दलीय कार्यालयमा पार्टीको जम्मा 17 वटा भातृ सङ्गठसित क्रमबद्ध रूपमा बैठक गर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया