रोङ्गोमा स्वतन्त्रता दिवस नकआउट फुटबल टुर्नामेन्ट शुरू

कालेबुङ, 26 जुलाई:   जीटीएको 45 नम्बर समष्टि अन्तर्गत रोङ्गो जनता मैदनामा आजदेखि स्वतन्त्रता दिवस नकआउट फूटबल टुर्नामेन्ट आरम्भ भएको छ। रोङ्गो स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न भइरहेको प्रतियोगितामा 14 वटा दलले अङ्शग्रहण गरिरहेको छ। जसमा स्थानीय दलहरूसितै कालचिनी, बाताबाडी, सामसिङ, तुलसीपाडा आदि विभिन्न ठाउँका दलहरूले सहभागिता जनाइरहेको छ।

90 को दशकमा नै गोल्डकपको आयोजना गर्ने रोङ्गोमा फुलबलको छुट्टै गरिमा रहेको छ। यसै गरिमा र गौरवलाई फर्काएर खेल संस्कृतिलाई बचाउने उद्देश्यले आयोजित यस टुर्नामेन्टको फाइनल खेल आगामी 15 अगस्तका दिन सम्पन्न हुने भएको छ। आज प्रथम दिनको खेल जलढाका थाना वनाम रोङ्गो स्पोर्टिङ्ग क्लबमाझ सम्पन्न भएको थियो।

आयोजक समितिबाट रोङ्गो स्पोर्टिङ क्लबका अध्यक्ष सन्तोष खवासले प्रतियोगिताका विजय दललाई ट्रफीसितै 50 हजार रुपियाँ अनि उपविजय दललाई 30 हजार रुपियाँ प्रदान गर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया