युवा मोर्चाद्वारा आधार कार्डको समस्यालाई लिएर डाकघर र जीटीएलाई ज्ञापन

खरसाङ, 26 जुलाई: गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समिति अध्यक्ष  पेमेन्द्र गुरुङको अगुवाइमा महकुमा युवामोर्चा महासचिव विज्ञान मिश्रको विशेष उपस्थितिमा जनताले भोगिरहेका आधार कार्ड  समस्या समाधान हेतु आज तेस्रो चरणको सभा खरसाङ पोस्ट मास्टर अनि  जीटीए चेयरम्यान अनित थापालाई समक्ष ज्ञापनपत्र बुझाएका छन्। यस विषयलाई लिएर चाँडोभन्दा चाँडो समाधान गर्नको निम्ति युवामोर्चाद्वारा माग गरिएको छ।

विगत हप्ता दिन अघिदेखि युवामोर्चाद्वारा आधार कार्ड सम्बन्धित विषयलाई लिएर खरसाङ मोटर स्ट्याण्डमा हस्ताक्षर अभियान गरेका थिए भने त्यसको लगत्तै दुईदिनपछि खरसाङ महकुमा अधिकारी समक्ष पनि ज्ञापनपत्र बुझाउँदा यस आधार कार्ड सम्बन्धित खरसाङ पोस्ट अफिसमा धेरै जानकारी पाउने आश्वासनमार्फत् पाएपछि आज पोस्ट मास्टरसँग ज्ञापनपत्र चडाउँदै युवामोर्चा अध्यक्ष  पेमेन्द्र गुरुङले पोस्ट मास्टरसँग सम्बन्धित विषयलाई लिएर कुराकानी गरे। आज जनसाधारणलाई आधार कार्ड सम्बन्धित पूर्ण सहयोग दिन नसकेका कारण कतिपय तक्निकीय समस्या अनि अफिस स्टाफको कमिले गर्दा प्रतिदिन ६ देखि १० वटासम्म मात्र आधार कार्ड खिचाउन सकिने अवस्था रहेका बताँउदै यस समस्याको  समाधान हेतु वहाँको पक्षबाट हुन नसक्ने र यसको निम्ति हायर अथेरिटीसँग नै कुरा गर्नु पर्ने बताएका छन्। य

सै कुरालाई ध्यानमा राख्दै आज नै गिद्ध पहाडस्थित सेक्रेटरी अफिसमा जीटीए चेयरम्यान अनित थापालाई पनि ज्ञापनपत्र बुझाएको छ। यस विषयमा जीटीए चेयरम्यान अनित थापाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै अहिले भोगीरहेका जन साधारणको दु:खलाई चाढ़ै समाधान गराउने बताउँदै  हप्ता दिनभित्र नै युवामोर्चा लगायत अन्य थुप्रै सङ्गठनलाई लिएर  प्रिन्सिपल सेक्रेटरी अनि जिल्ला शासकसँग चाँडै सभा गराईदिनुहुने आश्वासन दिएका छन्। यस विषयमा युवामोर्चा अध्यक्ष पेमेन्द्र गुरुङले जबसम्म यसको समाधानमा हामी पुग्दैनौँ तबसम्म हामी युवा मोर्चा यसरी नै लागि पर्ने छौं भन्दै यसको समाधानको निम्ति युवामोर्चा कुनै पनि हदसम्म जानुसक्ने बताएका छन्। युवा मोर्चा खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव रोशन हाङ सुब्बाले बताए अनुसार आधार कार्ड सम्बन्धमा खरसाङको जनताले भोग्दै आएको समस्याहरूलाई लिएर युवा मोर्चाले पहल गरिरहेको छ। यस क्रममा युवा मोर्चाले केही दिन अघि खरसाङको मोटर स्ट्याण्टमा हस्ताक्षर संकलन गरेका थिए भने बिहीबार खरसाङ महकुमा शासकलाई ज्ञापन दिएका थिए। त्यसरी नै आज खरसाङको डाक घर र जीटीए चेयरम्यान अनित थापालाई पनि यस गम्भीर विषयमा ज्ञापन दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया