जेम्स बण्ड रोजर मूरको निधन

एजेन्सी लण्डन, 24 मई 2017


फिल्ममा जेम्स बण्डको भूमिका निर्वाह गर्ने चर्चित ब्रिटिश अभिनेता रोजर मूरको मङ्गलवार स्वीट्जरल्याण्डमा निधन भयो। केही महीनायता क्यान्सरले पीड़ित उनी 89 वर्षका थिए। लिभ एण्ड लेट डाइ (1973), द म्यान विद द गोल्डन गन (1974), द स्पाइ हु लभ्ड मी (1977), मून रेकर (1977), फर योर आइज ओन्ली (1981) ओक्टोपसी (1983), ए भ्यू टु किल (1985) जस्ता फिल्ममा मूरले जेम्स बण्डको सफल अभिनय गरेका थिए। मूरका परिवार ट्वीट गरेको उनको मृत्युको जानकारी दिएको हो।

जेम्स बण्ड 953 ब्रिटिश लेखक इयान फ्लेमिङद्वारा कचित एक काल्पनिक पात्र हो र ‘007’ को गोप्य नामले प्रसिद्ध छ। ‘‘हाम्रा पिता सर रोजर मूरको आज निधन भयो। अत्यन्त दुःखी मनले हामी यो समाचार तपाईंहरूसित साझा गरिरहेकाछौं’’, ट्वीटमा भनिएको छ। ‘मूर एकमात्र यस्ता अभिनेता थिए, जसले 1973 र 1985 बीच सात फिल्ममा यस लोकप्रिय काल्पनिक जासूसको भूमिका निर्वाह गरेका थिए। 1927 मा लण्डनमा जन्मिएका मूरले 50 को दशकमा आफ्नो करिअर मोडलको गरेका थिए। यसपछि उनी फिल्ममा आए।

यी चर्चित अभिनेता दुइपटक भारत आएका थिए। एकपटक 1982-83 मा आफ्नो फिल्म ओक्टोपसीको शूटिङका लागि आएका थिए। र दोस्रोपटक प्रायः 23 वर्षपछि उनी 2005 मा यूनिसेफको गूडविल एम्बेसडरको रूपमा आयोडिन नुनको प्रचार गर्न भारत आएका थिए। 1983 मा उनको रिलीज भएको ओक्टोपसी फिल्मका केही दृश्य राजस्थानको उदयमा शूटिङ गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन