प्रो. महेन्द्र पी. लामा सिक्किम सरकारको मुख्य आर्थिक सल्लाहकारको रूपमा नियुक्त

सिक्किम, 26 जुलाई: प्रो, महेन्द्र पी. लामालाई सिक्किम सरकारले मुख्य आर्थिक सल्लाहकारको रूपमा नियुक्त गरेको छ। सिक्किम केन्द्रिय विश्वविद्यालयका संस्थापक एवं जवहारलाल नेहरू विश्वविद्यालका प्राध्यपक प्रो. महेन्द्र पी. लामालाई सिक्किम सरकारले मुख्य आर्थिक सल्लाकारको रूपमा नियुक्त गरेको आधिकारिक अधिसूचना जारी गरेको छ।

सिक्किममा सरकार परिवर्तनपछि एसकेएमको सरकारले राज्यको अर्थनैतिक विकासका निम्ति प्रो. महेन्द्र पी. लामालाई प्रमुख सल्लाहकारका रूपमा नियुक्ति दिएको हो।

भारत सरकारको विभिन्न एकाईँहरूसित आबद्ध रहेर काम गरिरहेका प्रो. महेन्द्र पी. लामा भारत-नेपाल- १९५० को सन्धी पुनरावलोकन गर्न बनाइएका प्रबुद्ध समितिका एकजना सदस्य पनि हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन