पहाड़बाट ढुङ्गा झरेर एनएच 55 केही घण्टा बाधित

विज्ञापन

खरसाङ, 27 जुलाई : खरसाङदेखि केही तल गिध्द पहाड़मा आज बिहान लगभग 9.30 देखि 10 बजीतिर  पहाड़बाट ठूल्ठूलो ढुङ्गाहरू झरेर एनएच 55 वाधित बनेको थियो। स्थानीय मानिसहरू र गाडी चालकहरूले बताए अनुसार पहाड़माथिबाट ठूलो ठूलो ढुङ्गाहरू झरेर सड़कभरि भएपछि एनएच 55 लगभग 3-4 घण्टा पूर्ण रूपमा बाधित बनेको थियो। सड़क बाधित बनेपछि तीनधारे,  महानदी,  घैयाबारी आदि क्षेत्रहरू र खरसाङमाझको सम्पर्क विच्छिन्न बनेको थियो। तीनधारे,  घैयाबारी,  महानदी क्षेत्रको गाड़ीहरू लश्करै पैह्रोको अर्कोपट्टि थुप्रिएर बसेको थियो।

पहाड़बाट झरेको ढुङ्गा आएर सड़क र रेलको लाइन सबै पुरिएको थियो। ढुङ्गाहरूले सोहोरेर सड़कको एकापट्टि राखिएको फलामको प्याराप्याड पनि सबै भत्काएर लगेको छ। 3-4 घण्टा सड़क वाधित बनेपछि एनएच र रेलवे अधिकारीहरू घटनास्थलमा आएर जीसीबी लगाएर सड़क सुचारू गरेका थिए । यो सड़क दिउँसो लगभग 12.30 देखि 1 बजेतिर सड़क सुचारु गरियो। ढुङ्गा झरेर सड़क बाधित भएपछि दार्जीलिङबाट सिलगढ़ीतर्फ गईरहेको डीएचआरको सानो रेल खरसाङ रेलवे स्टेशनमा राखिएको थियो भने रेलवे लाइन सफा गरिएपछि रेल सेवा सुचारू गरिएको रेलवेका एक अधिकारीले बताएका छन् । घैयाबारीमा पैह्रो गएपछि घैयाबारीदेखि गिद्ध पहाड हुँदै खरसाङ पुग्ने सड़क वाधित बनेको कारण तीनधारे र घैयाबारी क्षेत्रका सबै गाड़ीहरू एनएच 55 अन्तर्गत महानदी भएर जाँदैछन् भने गिध्द पहाड़मा बाटो बन्द भए तीनधारे,  घैयाबारी र महानदी क्षेत्र खरसाङबाट विच्छिन्न हुन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया