भारतीय गोर्खा परिसङ्घ खरसाङद्वारा 205 औँ भानु जयन्ती समारोह सम्पन्न

खरसाङ, 28 जुलाई: भारतीय गोर्खा परिसङ्घ खरसाङ आञ्चलिक समिति र महिला प्रकोष्ठ खरसाङको आयोजनामा 205 औँ आदिकवि भानुभक्त आचार्यको 205 जन्म जयन्ती समारोह सम्पन्न भयो। उक्त भानु जयन्ती समारोह भागोप खरसाङ आञ्चलिक समितिका सभापति आशा मुखिया लामाको अध्यक्षता र वरिष्ठ साहित्यकार जीबी बलको प्रमुख आतिथ्यमा ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भयो। खरसाङ आञ्चलिक समितिका सचिव देविका मङ्ग्रान्ती राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्यकार ग्याल्पो लामा, सल्लाहकार पण्डित तुलसी अधिकारी,  उपाध्यक्ष सोनु पाख्रीन,  टीटी लामा,  देवराज भण्डारी, दिलराम शाखाको अध्यक्षा विष्णु ठकुरी,  घैयाबारी शाखाको सभापति सुवाङ सुब्बा, सचिव जयराज थापा,  भिक्टोरिया स्कूलको प्राचार्य अमृत लामा आदि उपस्थित थिए।

अतिथिहरूको बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको तस्वीरमा धुप द्वीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण सचिव देविका मङ्ग्रान्तीले राईले राखिन् भने रामायण पाठ पण्डित तुलसी अधिकारीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार जीबी बलले भानु जयन्ती 13 जुलाईमा पालन गरिन्छ तर एकै दिनमा सबैतिर पालन गर्दा मानिसहरूलाई समय निकाल्नु कठिनाई हुन्छ। त्यसैले भानु जयन्ती मनाउन भानु सप्ताह  भनी घोषणा गर्नु पर्ने साथै भानु जयन्ती महिनाव्यापी रुपमा मनाउन पर्ने कुरामा जोड़ दिएका छन् । उनले भागोपले देशभरि ठूल्ठूला कार्यहरू गरिरहेका छन् भन्दै विशेषगरी हाम्रो मागलाई पहिलो स्थानमा राखेर कार्य गरिरहेको पनि जनाए।

जीबी बलले भानु जयन्ती समारोह विशेष रूपमा विद्यार्थीहरूलाई मञ्च प्रदान गर्ने समारोह हो भन्दै यस्ता कार्यक्रमले गर्दा विद्यार्थीहरूलाई उकेरा दिने काम गर्छ भनी बताएका छन्। उनले भागोपले यस्तो साहित्यिक कार्यक्रम मासिक रूपमा आयोजना गरेर विद्यार्थीहरूलाई प्रोत्साहन दिनुपर्छ भनी सुझाव पनि राखे। समारोहमा सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको छात्राहरूले सुन्दर रुपमा रामायणको लघु नाटक प्रदर्शन गरेका थिए भने अबला चबला भन्ने गीत पनि प्रस्तुत गरेका थिए कार्यक्रममा विष्णु ठकुरी,  पारस गुरुङ,  बिनीता सुब्बा,  माया पोध्दार,  शम्भु कुमार राई,  सरोजनी देवान,  शान्ता मोक्तान,  बिक्की राई,  दिपक ठटाल जलन, शितल सुब्बा,  ललिता शेर्पा,  अनु दर्नाल,  ग्याल्पो लामा आदिले गीत,  कविता,  कथा,  लघु कथा आदि पठन पनि गरेका थिए। कार्यक्रममा सभाध्यक्ष आशा मुखिया लामाले भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समितिद्वारा आज भानु जयन्ती समारोह आयोजना गरेको उद्देश्य विषयमा बताउँदै 13 जुलाईमा  परिसंघका सबै सदस्य सदस्यहरू आफ्नो क्षेत्रमा नै व्यस्त हुने भएको कारण आफूहरूले आज पालन गरिएको बताइन्। उनले भानु जयन्ती समारोह साहित्यिक कार्यक्रम भएको कारणले नयाँ सदस्याहरूलाई र अन्यलाई राम्रो मञ्च प्रदान गर्नलाई यसरी भानु जयन्ती समारोह आयोजना गरिएको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया