मणि ट्रस्टले आधिकारिक रूपमा शुरू गर्दैछ ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’: जित्नेलाई एक लाख रुपियाँ

‘ट्रस्टले 2016 देखि पर्यावरण दिवसको अवसर पारेर एक महिनाभरि विभिन्न ठाउँहरूमा वक्ष रोपण एवं जनचेतना कार्यक्रम गर्दै आएको छ’-ट्रस्टका अध्यक्ष सिंहले भने, ‘तर अहिले विश्व नै पर्यावरणलाई लिएर चिन्तित रहेको समय एक महिना कार्यक्रम गर्नु पनि पर्याप्त छैन भन्ने हामीलाई लागेको छ। यसैले भविष्यमा हाम्रो क्षेत्रमा पनि पर्यावरणको कारण हुनसक्ने खतरालाई ध्यानमा राखेर मानिसहरूलाई पर्यावरण सम्बन्धी प्रोत्साहन प्रदान गर्न प्रतियोगिता आयोजना गरिरहेका छौँ।’


कालेबुङ, 31 जुलाई: कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले शुक्रबारदेखि आधिकारिक रूपमा ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालन्ज’ शुरू गर्ने भएको छ। विगत तीन वर्षदेखि पर्यावरण सचेतना अनि वृक्ष रोपन गर्दै आएको ट्रस्टले यस वर्षदेखि पर्यावरणलाई लिएर प्रतियोगिता नै आरम्भ गर्ने भएको हो।

‘ट्रस्टको लेट्स सेभ इन्भाइरोमन्ट पहल अन्तर्गत शुक्रबार टाउनहलबाट आधिकारिक रूपमा ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालन्ज’ शुरू गर्दैछौँ’-‘एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्स्टका अध्यक्ष सुवास मणि सिंहले भने, ‘विभिन्न समाज, क्लब, सङ्घ-संस्था, व्यक्तिविशेष आदिलाई पर्यावरण सम्बन्धी प्रोत्साहन प्रदान गर्न यो एक वर्षव्यापी प्रतियोगिताको आधिकारिक शुरूवात गर्दैछौँ।’

‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ अन्तर्गत विभिन्न क्लब, सङ्घ-संस्था, समाज आदिले विशेष क्षेत्रलाई लिएर पर्यावरण सम्बन्धी काम गर्नुपर्ने हुन्छ। जसमा वृक्षरोपण, स्वच्छता, सचेतना आदि प्रमुख कार्य हुनेछ। वर्षभरि उनीहरूले गरेको कार्यलाई हरेर ट्रस्टले  उत्कृष्ट कार्य गर्नेलाई पहिलो पुरस्कारस्वरूप नगद राशी 1 लाख रुपियाँ, दोस्रोलाई 75 हजार अनि तेस्रो हुनेलाई 50 हजार रुपियाँ प्रदान गर्ने भएको छ।

‘ट्रस्टले 2016 देखि पर्यावरण दिवसको अवसर पारेर एक महिनाभरि विभिन्न ठाउँहरूमा वक्ष रोपण एवं जनचेतना कार्यक्रम गर्दै आएको छ’-ट्रस्टका अध्यक्ष सिंहले भने, ‘तर अहिले विश्व नै पर्यावरणलाई लिएर चिन्तित रहेको समय एक महिना कार्यक्रम गर्नु पनि पर्याप्त छैन भन्ने हामीलाई लागेको छ। यसैले भविष्यमा हाम्रो क्षेत्रमा पनि पर्यावरणको कारण हुनसक्ने खतरालाई ध्यानमा राखेर मानिसहरूलाई पर्यावरण सम्बन्धी प्रोत्साहन प्रदान गर्न प्रतियोगिता आयोजना गरिरहेका छौँ।’

उनले भविष्यमा यस क्षेत्रमा पनि पर्यावरण सम्बन्धी धेरै कठिनाइहरू आउनसक्ने सम्भावनाको कारण अहिलेदेखि नै सचेत रहन अनिवार्य रहेको बताए। यसरी नै अर्कोतिर मानिसले स्वस्थ्य जीवन बाँच्नका निम्ति पर्यावरण संरक्षणसितै खानपानमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता बोध गर्दै शुक्रबार फुड सेफ्टी विषयमा पनि सङ्गोष्ठी सम्पन्न भइरहेको सिंहले जनाएका छन्। आजको पत्रकार सम्मेलनमा ट्रस्टा अध्यक्ष सुवास मणि सिंहसितै ट्रस्टका सीईओ रेश्मा राई सिंह, ट्रस्टका उपाध्यक्ष अजय अग्रवाल अनि मणि ट्रस्टका ट्रस्टी एवं लेट्स सेभ इन्भाइरोमेन्ट मिसनका प्रमुख रिजवान रेहमान उपस्थित थिए।

ट्रस्टको ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ मा खबरम्यागजिन लगायत हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, दैनिक जागरण, जनपथ समाचार, केटीभी साथै स्थानीय च्यानलहरू अनि अन्य सोसियल साइटहरू मिडिया पार्टनरका रूपमा रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन