विश्वविद्यालयको स्थापना  दिवसमा बौद्ध धर्ममाथि  व्याख्यान

गान्तोक, 31 जुलाई। सिक्किम केन्द्रीय विश्वविद्यालयको 12औं स्थापना दिवसमा एक्काइसौं  शताब्दी र बौद्ध धर्म शिर्षकमा विशेष व्याख्यान प्रस्तुत गरियो। राजधानी गान्तोकको मनन भवनमा आयोजित स्थापना दिवस कार्यक्रममा सारनाथको उच्च तिब्बतीय अध्ययन विश्वविद्यालयका कुलपति प्रा. गेसे नवाङ साम्तेनले उक्त व्याख्यान प्रस्तुत गरेका थिए। चिनियाँ सरकारको तिब्बत अधिग्रहण सितै पछि उनी अफ्ना अभिभावक सित जन्मभूमी मध्य तिब्बतको डोक्रा छोडेर भारत आएका प्रा. साम्तेनले लुप्त बन्दैगएका बौद्ध लिपीहरूलाई संस्कृतमा अनुवाद गर्ने जस्ता महत्वपूर्ण कार्य उनले गरेका छन्। उत्त तिब्बती अध्ययनको निम्ति उनले शिक्षण र शोध मार्फत धेरै योगदान दिएका छन्।
उनले विशेष व्याख्यानमा बुद्धले विश्वमै दार्शनिक परिवर्तन ल्याउनका साथै मौलिक सोंचहरूमा प्रभाव पारेको बताए। उनले स्वार्थ रहित र शून्यवाद जस्तो दर्शनलाई अघि सारेर दर्शनको नयाँ दिशा तय गरेको बताए। उनले बौद्ध परम्पराले अध्यात्म र मानव ज्ञानमा प्रभाव पारेको तथा भारतीय दर्शनमा पनि यसको गहिरो प्रभाव रहेको जानकारी दिए। सत्यको खोजको निम्ति बौद्ध धर्म सशक्त बौद्धिक आधार र श्रोत भएको पनि जनाए।

बौद्ध विज्ञानले मन र समवेदनाको उत्त स्तरीय सोंचलाई विकास गर्ने गरेको बताए। जसले ध्वंसात्मक समवेदना रिस राग इर्ष्यालाई विकास गर्न नदिएर धैर्यता करुणा र प्रेमको विकास गर्न उत्प्रेरित गर्न बताए। पछिल्लो तीन दशकसम्मको अन्तरक्रिया अनि बौद्ध बुद्धिजिवीहरू सितको अन्तरक्रियाको प्रतिफल स्वरूप तिब्बती बौद्ध परम्पराले विश्वकै श्रेष्ठ वैज्ञानिक र बुद्धिजिवीहरूलाई आकर्षित गरिरहेको जनाए। स्थापना दिवसको अवसरमा विश्विद्यालयका कुलपति प्रा. अभिनाश खरेको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा विश्वविद्यालयका शिक्षकगण, कर्मचारी, विद्यार्थी जसले शिक्षाको क्षेत्रणा श्रोत शिक्षण र प्रशासनमा उत्कृष्ट योगदान पुऱ्याएका छन् उनीहरूलाई विश्वविद्यालयको तर्फबाट अभिनन्दन पनि गरियो। कार्यक्रममा थप आकर्षणकोरूपमा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिएको जानकारी रेजिष्टार टीके कौलले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया