छैटौँ अनुसूचि लागु भए यूटी अथवा गोर्खाल्याण्डको दैलौ सँधैको निम्ति बन्द हुनेछ-विनय तामाङ(भिडियोसितै)

विनय तामाङको भनाइ छ, त्यो स्थायी समाधान भनेको गोर्खाल्याण्ड नै हुनुपर्छ। किनभने धेरै पिडीदेखि गोर्खाहरूले गोर्खाल्याण्डको माग गर्दै आएका छन्। उनलाई शङ्का छ, त्यो स्थायी समाधान छैटौँ अनूसूचि पनि हुनसक्छ। यदि स्थायी समाधानको नाममा छैटौँ अनूसूचि लागु भइदियो भने स्वतस्फूर्त रूपमा  युनियन टेरिटोरी अथवा गोर्खाल्याण्ड माग्ने दैलो सँधैको लागी बन्द हुने तामाङको तर्क छ।


खरसाङ, 1 अगस्त: ‘यदि पहाडमा छैटौँ अनुसूचि लागु भए युनियन टेरिटोरी अथवा गोर्खाल्याण्डको दैलो सँधैको निम्ति बन्द हुनेछ। छैटौँ अनुसूचिको मुद्दा उठाउनअघि हामीले यसलाई गहिराईँसँग बुझ्नुपर्छ।’उपरोक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले भनेका हुन्।

दार्जीलिङका सांसद राजु विष्टले संसदमा पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधानको कुरा उठाएपनि त्यो स्थायी समाधान के हुनसक्छ भन्नेकुरा अहिलेसम्म स्पष्ट पारेको छैन। गोरामुमोले त्यो स्थायी समाधान छैटौँ अनुसूचिभन्दा माथिको व्यवस्था हुनुपर्ने भनिरहेको भएपनि भाजपा अनि त्यस दलसित गठनबन्धनमा अन्य दलहरूले पनि स्पष्ट अडान राखेको छैन। यसैमा विनय तामाङहरूको आपत्ति छ।

‘त्यो स्थायी राजनैतिक समाधान के हो? छैटौँ अनूसूचि, यूटी गोर्खाल्याण्ड अथवा अन्य?’-खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै तामाङले भने, ‘सांसद राजु विष्ट अनि भाजपासित गठबन्धनमा रहेको दलहरूले यसबारे स्पष्ट गर्नुपर्छ।’

विनय तामाङको भनाइ छ, त्यो स्थायी समाधान भनेको गोर्खाल्याण्ड नै हुनुपर्छ। किनभने धेरै पिडीदेखि गोर्खाहरूले गोर्खाल्याण्डको माग गर्दै आएका छन्। उनलाई शङ्का छ, त्यो स्थायी समाधान छैटौँ अनूसूचि पनि हुनसक्छ। यदि स्थायी समाधानको नाममा छैटौँ अनूसूचि लागु भइदियो भने स्वतस्फूर्त रूपमा युनियन टेरिटोरी अथवा गोर्खाल्याण्ड माग्ने दैलो सँधैको लागी बन्द हुने तामाङको तर्क छ। अर्कोतिर तामाङले जीटीए गोर्खाल्याण्डको मार्गमा जीटीए बाधा नरहेको तर्क दिएका छन्।

‘नयाँ घर बनाउनु छ भने त्यो पुरानो घरलाई बाधा भइहाल्यो भन्नु मिल्दैन’-तामाङले भने, ‘पहिला नयाँ घर बनाउनुपर्छ अनि पुरानो घरबाट नयाँ घरमा सर्नुपर्छ।’

विशेष गरी आज दलीय कार्यक्रम लिएर विनय तामाङ खरसाङ आएका थिए। उनकै अध्यक्षतामा खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा साङ्गठनिक सभा सम्पन्न भएको थियो। खरसाङ महकुमा समितिका सभापति किशोर थापाद्वारा सञ्चालित सभामा केन्द्रिय समितिबाट डीके प्रधान, सूरज शर्मा, एलएम लामा, मिरेन लामा, रतन थापा, आरबी बी लामा,योगेन्द्र राई,तिलक गुरुङ, एसके कार्कीढोली, लक्ष्मण राई विधायक रोहित शर्मा, बीओए सदस्य जैतुन निशा, नारी मोर्चा केन्द्रिय समितिका महासचिव मैया ठकुरी, खरसाङ कोर कमिटीका कन्भेनर प्रणय थापा, खरसाङ महकुमा अध्यक्ष किशोर थापा तथा महकुमा अधिकारीगण साथै खरसाङ युवा मोर्चा  अध्यक्ष पेमेन्द्र गुरुङ तथा पदाधिकारीगण साथै 10 वटा समष्टिका सभापति अाै सचिवहरूको उपस्थिति रहेको थियो। सभामा तामाङले साङ्गठनिक गतिविधिहरूसितै पहाडमा एनआरसी लागु भएको खण्डमा हुनसक्ने समस्याहरूबारे अवगत गराउँदै सचेत रहन आग्रह गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया