पैह्रोपीडित चालकलाई सङ्गठनले गऱ्यो 3 लाख रुपियाँको सहयोग

खरसाङ, 1 अगस्त:  दार्जीलिङ ट्रक चालक सङ्गठनले आज तीनधारेको पैह्रो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। घैयाबारीमा तीनधारे घैयाबारी शाखाका सभापति मन्ना तिखत्रीको अध्यक्षतामा सम्पन्न सङ्गठनको सभाबीच पैह्रो पीडित परिवारालाई आर्थिक सहयोग प्रदान गरिएको हो। उक्त सभामा विगत 9 जुलाईको दिन तीनधारेस्थित कोल्टे गोलाईमा पैह्रो आएर घर पूर्णरूपमा पुरिएको कारण घरबिहीन बनेका ट्रक चालक उमेश तामाङलाई आर्थिक सहयोग स्वरूप 3 लाख 2  हजार 6 सय रुपियाँ प्रदान गरिएको छ।

तीनधारे घैयाबारी शाखाका सचिव अरूण खातीले सञ्चालन गरेको सभामा सङ्गठनक केन्द्रिय समितिका पदाधिकारीहरूका बाहुलीबाट पैह्रो पीडित ट्रक चालक उमेश तामाङ र उनकी पत्नी भूमिका तामाङलाई उक्त नगद राशि सहयोगको रुपमा प्रदान गरिएको छ। सभाध्यक्ष मन्ना त्रिखत्रीले बताए अनुसार दार्जीलिङ ट्रक चालक सङ्गठनको तर्फबाट कोही बिमारी भए,  दुर्घटनाग्रस्त भए,  निधन भए पनि आर्थिक सहयोग प्रदान गर्ने साथै चालकहरू साट्ठी वर्ष पुग्दा अवकाश हुने भएकोले अवकाशको समयमा सङ्गठनबाट चालकलाई 2 लाख रूपियाँ पनि प्रदान गरिने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया