विनय र अनित खेमाले गोर्खाल्याण्डको वकालती गर्नु मिल्दैनः सञ्जिव लामा

दार्जीलिङ, 2 अगस्त। विनय र अनित खेमाले गोर्खाहरूको पवित्र मांग गोर्खाल्याण्डको वकालती गर्नु कुनै हिसाबले मिल्दैन कारण जुन चौकीमा विनय/अनित बसेका थिए र बसेका छन् ,जुन सरकारको पक्षमा तिनीहरू उभिएका छन् हिसाब कतैबाट पनि मिल्दै मिल्दैन भन्ने गोजयुमो केन्द्रिय समिति सह-सचिव सञ्जिव लामाले प्रतिक्रिया दिएका छन्।
जुन व्यक्ति र उसको समूहले आफ्नो व्यक्तिगत ईच्छा पूर्तिको निमित्त जातिको दिर्घकालीन मांग माथि गद्धारी गर्यो ,जसले ती वीर अमर सहिदहरुको वलिदानको अपमान गर्यो ती व्यक्ति र उनका गुटले जातिको उत्थानको निम्ति हाम्रो सांसद राजु बिष्टले संसदमा कुरा उठान गर्दा प्रश्न गर्नु एकदमै अप्रासंगिक बिषय हो भन्ने मन्तव्य पनि सहसचिव लामाले व्यक्त गरेका छन्।
सांसद राजु बिष्टले संसद सत्र अवधि जति पनि पहाड,तराई,डुवर्स अनि आफ्नो संसदीय क्षेत्रबासीको निम्ति उठान गरेको बिषयहरू एकदमै स्वागत योग्य छ। चाहे चिया श्रमिकहरुको न्यूनतम रोज बृद्धि बिषय होस पर्जापट्टा होस अनि गोर्खाहरूको राजनैतिक समस्याको बिषय होस सबै बिषयमा सांसद राजु बिष्ट ज्युले तथ्यांकअनुसार कुरा उठान गरेर देश अघि हामीले बर्षो देखि भोग्दै आएका बिषयहरू प्रष्ट पारिदिएका छन् , उनले भनेका छन्।
यसचोटीको चुनावमा सांसद राजु बिष्टले पाएको जनमतको आधारमा अनि जनताले उहाँ माथि राखेको अटुट बिश्वासमा सांसद  स्वयंले आफ्नो योग्यता प्रत्यक्ष रुपमा देखाइसकेका छन् र यसचोटी निश्चय नै गोर्खाहरूले देखेको सपना साकार हुनेछ भनेर हामी किटान गरेर भन्न सक्छौ भनी उनले ठोकुवा पनि गरेका छन्। 
विनय/अनित दुवैले बोलेको कुराको कुनै महत्व राख्दैन किन भने तिनी द्वै पहाडको जन प्रतिनिधि होइनन् बंगाल सरकारले राखेको द्वारपाल मात्र हुन् जो यस चोटिको चुनावले स्पष्ट पारिदिएको छ। लोकतान्त्रिक प्रणालीमा जनताले जसलाई चुनेर पठाउँछ उनि मात्र जन प्रतिनिधिको रुपमा चिनिन्छ अनि चुनिएको प्रतिनिधि बोल्नु नै जनता बोलेको हो। आज संसद राजु बिष्ट ज्युले जति पनि पहाड तराई डुवर्स बसोबास गर्ने जनताको हक र अधिकारको निम्ति उठान गरिरहेको बिषय नै जनताको आवाज हो किन भने वहाँ जनता द्वारा निर्वाचित व्यक्ति हुन् उनले थपेका छन्। 
विनय/अनित बोलेको भनेको त राज्य सरकार बोलेको हो, उनिहरुले त ममता सरकारबाट जस्तो निर्देश आउँदछ त्यस्तै पालन गर्नु पर्छ । राज्य सरकारले जे बोल भन्छ त्यति मात्र बोल्न पाउँछ जति सम्म गर भन्छ त्यतिसम्म मात्र गर्न पाउँछ। यसोसले उनीहरूको काम नै हाम्रो लक्ष्यलाई बाधा पुर्याउनु मात्र हो उनले भनेका छन्।
बरू भुतपूर्व जिटिए अध्यक्ष बिनय तामाङ र वर्तमान जिटिए अध्यक्ष अनित थापाले अरू काम तिर ध्यान दिउन् जस्तै पहाडमा बिकासको नाममा भैरहेको धाँधली, बेकारी समस्या समाधन र पहाडको शिक्षा व्यवस्था लाई सुधार्न गरिएको शिक्षक नियुक्तिमा धाँधली जसमा भाइभतिजाबादले व्याप्त र आफ्नै नेता र कार्यकर्ताहरू नियुक्ति थापेको बिषयमा छानबिन गरून्, कालेबुङ्ग शहरबासीले झेल्न परिरहेको अव्यवस्थित मैला कुचेलाको समस्या समाधानको पहल गरून् भन्ने सुझाउ पनि सहसचिव लामाले दिएका छन्।
कमसेकम जाति र माटोलाई गद्धारी गरे पनि यति काम त गर्न सक्छन् कि डुप्लिकेटे समुहको डुप्लिकेट नेताहरूले भन्दै सह सचिव लामाले कटाक्ष पनि हानेका छन्।
उल्लेख्य छ सह सचिव लामा अहिले भूमीगत जीवन बिताइरहेका छन् भने सोसियल मिडिया मार्फत उनले आफ्नो जाति र गोर्खाल्याण्डको निम्ति प्रतिबद्ध भएर आवाज भने बुलन्द गरिरहेका छन्।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया