मणि ट्रस्टको आयोजनामा फुड सेफ्टीमाथि कार्याशाला अनि‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ को शुरूवात

कालेबुङ, 2 अगस्त: सामाजिक संस्था मणि ट्रस्टले यहाँको राम कृष्ण रङ्ग मञ्चमा आज आधिकारिक रूपमा ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ लन्च साथै फुड सेफ्टीमाथि कार्याशाला सम्पन्न गरेको छ। उक्त कार्यक्रममा दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा फुड सेफ्टीमाथि सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो। जहाँ फुड सेफ्टी ए पब्लिक हेल्थ प्रायोरेटीमाथि टक्सिस लिङ्क्स न्यु दिल्लीका सतिस सिन्हाले वक्तव्य प्रस्तुत गरेका थिए। यसरी नै रेगुलेटरी फ्रेमवर्क्स एन गभरमेन्स मेकानिजममाथि एसआर प्रोगाम कोअडिनेटर पियुस महापात्राले वक्तव्य राखेका थिए। यसरी नै वेस्ट एन्ड फुड सेफ्टीमाथि चीफ प्रोगाम कोअडिनेटर प्रिती महेशले वक्तव्य राखेका थिए। यसरी दोस्रो चरणको कारणको मुख्य अतिथि अतिरिक्त जिल्लापाल अब्दुल रखिफसेक रहेको थिए। दोस्रो चरणको कारणमा स्वागत सम्बोधन मणि ट्रस्टका सीइओ रेशमा सिंहले राखेका थिए भने पर्यावरणमाथि रचिएको सङ्गीत सन्त फिलोमिनाका विद्यार्थीहरूले प्रस्तुत गरिएको थियो। मणि ट्रस्टका अध्यक्ष सुवासमणि सिंहले लेट्स सेभ इनभाइरोमेन्टमाथि वक्तव्य राखेका थिए भने कार्यक्रममा पानीमाथि सेभ द हिल्सका संस्थापक अध्यक्ष प्रफुल्ल रावले वक्तव्य राखेका थिए।
पत्रकारहरूलाई कार्यक्रमबारे जानकारी गराउँदै ट्रस्टका अध्यक्ष सुवासमणि सिंहले मान्छेले भने, ‘‘ ट्रस्टले गत 2016 -देखि पर्यावरण दिवसको अवसर पारेर महिनाव्यापी कार्यक्रम आयोजन गरी विभिन्न ठाउँहरूमा बिरुवा रोपन एवम् जनचेतना कार्यक्रम गर्दै आएको छ। तर अहिले विश्‍व नै पर्यावरणलाई लिएर चिन्तित रहेको समय एक महिना कार्यक्रम गर्नु पनि पर्याप्त छैन भन्ने हामीलाई लागेको छ। यसैले भविष्यमा हाम्रो क्षेत्रमा पनि पर्यावरणको कारण हुनसक्ने खतरालाई ध्यानमा राखेर मानिसहरूलाई पर्यावरण सम्बन्धी प्रोत्साहन प्रदान गर्न प्रतियोगिता आयोजना गरिरहेका छा।’’
सिंहले अझ बताए अनुसार, ट्रस्टले गत धेरै वर्षअघिदेखि स्वस्थ्यमाथि काम गर्दै बिमारीहरूलाई निकोबनाउने काम गरिरहेको छ। यसैले ट्रस्टले मानिसहरू के कारण बिमारी भइरहेको छ, त्यसको जड़सम्मै गएर काम गर्ने ट्रस्टले जमर्को कसेको छ। स्वस्थ्य जीवन बाँच्नका निम्ति पर्यावरण संरक्षणसितै खानपानमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता बोध गर्दै ट्स्टले लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ लन्च साथै फुड सेफ्टीमाथि कार्याशाला आयोजना गरेको हो।
सिंह अनुसार, गत तीन वर्षदेखि पर्यावरणबारे सचेतना अनि बिरुवा रोपन गर्दै आएको ट्रस्टले यस वर्षदेखि पर्यावरणलाई लिएर प्रतियोगिता नै आरम्भ गर्ने भएको छ। ‘ट्रस्टको लेट्स सेभ इन्भाइरोमन्ट’ पहलअन्तर्गत आज आधिकारिक रूपमा ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालन्ज-2020’ शुरू गरेका छौँ। विभिन्न समाज, सङ्घ-संस्था, व्यक्तिविशेष आदिलाई पर्यावरण सम्बन्धी प्रोत्साहन प्रदान गर्न ट्रस्टले यो वर्षव्यापी रूपमा प्रतियोगिता शुरू गरिएको पनि उनले जानकारी गराए।
‘लेट्स सेफ इन्भाइरोन्मेन्ट च्यालेन्ज’ अन्तर्गत विभिन्न सङ्घ-संस्था, समाज आदिले विशेष क्षेत्रलाई लिएर पर्यावरण सम्बन्धी काम गर्नुपर्ने हुन्छ जसमा बिरुवारोपन, स्वच्छता, सचेतना आदि प्रमुख कार्य हुनेछ। वर्षभरि उनीहरूले गरेको कार्यलाई हेरेर ट्रस्टले उत्कृष्ट कार्य गर्नेलाई पहिलो पुरस्कारस्वरूप नगद राशी 1 लाख रुपियाँ, दोस्रोलाई 75 हजार अनि तेस्रो हुनेलाई 50 हजार रुपियाँ प्रदान गर्नेे छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया