
कालेबुङ, 3 अगस्त: परिचय नखुलेका एकजना बृद्ध कालेबुङ जिल्ला अस्पतालमा सिकिस्त अवस्थामा छन्। अन्दाजी 50 नाघेका यी वृद्धलाई मङ्पु क्षेत्रमा केही दिनअघि बेसहारा अवस्था भेटिएको थियो। उनलाई टाउकोमा गम्भीर चोट लागेको कारण मङ्गपु स्वास्थ्य केन्द्रले पुलिसको सहयोगमा कालेबुङ जिल्ला अस्पताल ल्याएको हो।
बेहोसीको अवस्थमा रहेका उनी को हुन्? नाम के हो? कहाँका हुन् कसैलाई जानकारी छैन। पुलिसको आग्रहपछि अहिले कालेबुङको समाजिक संस्था मणि ट्रस्टको देखरेखमा उनको उपचार चलिरहेको छ। मणि ट्रस्टका ट्रस्टी रिजवान रेहमानले उनको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन्। यदि कसैले उनलाई चिनेको खण्डमा अस्पतालपक्ष अथवा मणि ट्रस्टसित सम्पर्क गरिदिन आह्वान गरेका छन्।