सासंद शान्ता छेत्रीले राज्यसभाको अगामी सत्रमा एनआरसीको मुद्दा उठाउने

कालेबुङ, 3 अगस्त: एनआरसीको मुद्दालाई राज्यको सत्तासिन दल तृणमूल कङ्ग्रेसले निक्कै गम्भीरतासित लिएको छ। पश्चिम बङ्गालमा एनआरसी लागु हुन नदिन तृणमूल कङ्ग्रेसले खुलेर केन्द्र सरकारको आलोचना गरिरहेको छ भने यता गोजमुमो विनय तामाङपक्षले पनि शुरूदेखि नै दार्जीलिङ पहाडमा एनआरसी लागु गर्न नदिने दिशामा विभिन्न टिका-टिप्पणीहरू गरिरहेको छ। लोकसभा चुनाउघि भाजपा केन्द्रिय अध्यक्ष अमीत शाह स्वयंले कालेबुङ आएको समय बङ्गालमा एनआरसी लागु भए गोर्खाहरूलाई प्रभाव नपर्ने बताएको भएपनि विनय तामाङपक्ष गोजमुमोले भने आसममा गोर्खाहरूले भोग्नपरेको समस्याहरूलाई देखाउँदै बङ्गालमा एनआरसी लागु भए गोर्खाहरू पनि पलायन हुनपर्ने अवस्था आउने बताइरहेको छ। यस्तोमा आज एउटा कार्यक्रममा कालेबुङ आइपुगेकी राज्यसभा सासंद शान्ता छेत्रीले आगामी सत्रमा सत्रमा एनआरसीको मुद्दा उठाउने बताएकी छन्। उनी अनुसार आफू पहाडसितै सम्पूर्ण राज्यको प्रतिनिधि भएको हैसियतमा राज्यको सबै मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ। तरैपनि अहिलेसम्म पहाका धेरैवटा मुद्दाहरू उठाइसकेको उनले बताइन्।

‘विशेष गरी गोर्खा रिक्रुटमेन्ट बोर्ड अनि लेबोङको पुरानो 158 बेडेड मिलिटेरी हस्पिटललाई आसाम अनि अरूणाचल लाने षड्यन्त्र चल्दैथियो मैले त्यो कुरा पनि संसदमा उठाएँ’-छेत्रीले आफूले उठाएका मुद्दाहरूबारे अवगत गराउँदै भनिन्, ‘त्यहाँबाट धेरै सैनिक परिवारले सुविधा पाउँदैगरेको कारण त्यसलाई अन्यत्र सार्नु हुँदैन भनेर मैले आवाज उठाइसकेको छु।’

उनले केन्द्र सरकारसित सम्बन्धित मुद्दाहरू आफूले उठान गर्ने अनि यहाँका जनता पनि जागरूक हुन आह्वान गरिन्। उनले आगामी सत्रमा अवकाशप्राप्त वरिष्ठ नागरिकहरूको समस्या अनि एनआरसीको मुद्दा पनि उठान गर्ने बताइन्।

विशेष गरी उनी कालेबुङ जुब्ली उचच्तर माध्यमिक विद्यालयमा सम्पन्न एउटा कार्यक्रमम सहभागी हुन कालेबुङ आइपुगेकी थिइन्। उनकै पहलमा स्कूलको प्राप्त गरेको जिम्नाजियमको उनले उद्घाटन गरिन्। राज्यको युवा अनि खेलकुद विभागद्वारा प्रदान गरिने मल्टी जीमको सुविधा जुब्ली स्कूलको पाएकोमा खुशी व्यक्त गर्दै कालेबुङका अन्य दुईवटा स्कूलका निम्ति पनि प्रस्ताव पठाएको बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया