दुईजना क्यान्सर पीडितलाई दुई लाख रुपियाँको सहयोग

कालेबुङ, 3 अगस्त: कालेबुङको सामाजिक संस्था मणि ट्रस्टद्वारा आज दुईजना क्यान्सर पीडितलाई मोठ 2 लाख 30 हजार 66 रुपियाँको चेक प्रदान गरिएको छ। ट्रस्टले छिबो बस्ती निवासी एलबी छेत्री अनि मङ्गपु निवासी पूर्णिमा भुजेलको उपचारको निम्ति गत 12 दिनदेखि शहरका विभिन्न ठाउँहरूमा शिविरको आयोजना गरेर राशी सङ्कलन गरेको थियो।

उक्त राशी दुईजना विरामीलाई विभाजन गरी क्रमैले 1 लाख 15 हजार 1 सय 83 रुपियाँ गरेर प्रदान गरिएको छ। ट्रस्टको कार्यालयमा आयोजित एउटा कार्यक्रमाझ उनीहरूका परिवारालाई चेक प्रदान गरियो।

यस अवसरमा ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, सीईओ रेश्मा राई सिंह, सचिव उत्पल रोय, सल्लाहकार सोनाम टी. भोटिया, ट्रस्टी नारायण गजमेर, स्वास्थ्य सहायिका सलिना छेत्री एवं शिविरअवधि सहयोग गर्ने धेरैवटा समाजका प्रतिनिधिहरू उपस्थित थिए।

ट्रस्टले सङ्ग्रहित राशीको विवरण परिवारपक्ष, ट्रस्टलाई सहयोगको अपील गर्ने दुईवटा समाज दीप ज्योति सङ्घ-समाज अनि नव सरस्वती परिवार, कालेबुङ नगरपालिका, जिल्लापाल कार्यालय अनि पत्रकार सङ्गठनहरूलाई दिएको छ।

ट्रस्टको सपोर्ट फर लाइभ पहल अन्तर्गत स्थापनाकालदेखि नै विरामीहरूलाई सहयोग गर्दै आएको ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले बताए। उनले सहयोग पुऱ्याउने सबैप्रति आभार प्रकट गरेका छन्।

आजको कार्यक्रमवअवधि सहयोग पुऱ्याउने विभिन्न समाजका प्रतिनिधि एवं स्वयंसेवीहरूलाई स्मृति चिह्न अनि प्रमाण-पत्र पनि प्रदान गरियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया