शहीद मङ्गसिंह राजपुतलाई गोजमुमोको श्रद्धाञ्जली: जातीय मुक्ति र सङ्घर्षको नाममा  केवल राजनीति गर्न हुँदैन-अनीत थापा

कालेबुङ, 3 मार्च:  अलग राज्य गोर्खाल्याण्ड आन्दोलअवधि आत्मदाह गरेर शहीद बनेका मङ्लसिंह राजुपतको पुण्यतीथिमा गोजमुमोले श्रद्धाञ्जली अर्पण गरेको छ। यहाँको होम्स परिसरमा अवस्थित राजपुतको शहीदवेदीस्थलमा आज पार्टी प्रतिनिधिहरूले खदा-माला अर्पण गर्दै श्रद्धाञ्जली चढाए। 2013 मा आजकै दिन गोर्खाल्याण्ड आन्दोलन भइरहेको समय मङ्गलसिंह राजपुतले डम्बरचोकमा आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए।

उनले पुण्यतीथिमा गोजमुमो महासचिव एवं जीटीए अध्यक्ष अनीत थापाले पनि शोक संवेदना प्रकट गरेका छन्। थापाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वीर सपुत मंगलसिंह राजपुतको बलिदानको पुनीत दिनको स्मरण गर्दै उनको त्यागको निम्ति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। आज हामीलाई माटो र मुक्ति लागि संघर्ष गर्ने जुन उर्जा प्राप्त छ ,त्यो मंगलसिंह राजपुत जस्ता सपुतको त्याग र बलिदानले प्राप्त भएको छ।’

मंगलसिंह राजपुत जस्ता सपुतका प्राणोत्सर्गले नै आफूहरूलाई मुक्तिको सङ्घर्षको मार्ग प्रशस्त गरेर यसलाई कुन दिशामा अगाड़ि बढाउने भन्ने बारेमा दिशा निर्देशन समेत गर्दैआएको कुरा भुल्न नहुने थापाले बताएका छन्।

‘हामीले मंगलसिंह राजपुतको योगदानलाई आत्मसात गर्दै भौतिक एवं बौद्धिक विकासमाथि जोड़ दिँदैआएका छौं। सपुत मंगलसिंह राजपुतको त्याग र बलिदान हाम्रो मुक्तिको लागि हो। जबसम्म हामी मुक्तिको सङ्घर्षलाई अन्तिम लक्ष्यमा पुऱ्याउन सक्दैनौ तबसम्म उनीप्रति साँचो श्रद्धाञ्जली हुने छैन’-थापाले भनेका छन्।

मंगलसिंह जस्ता अन्य सपुतहरूको योगदानलाई पनि आजको यस पुनीत दिनमा स्मरण गर्दै आफूहरूले जुन रणनीतिका साथ जातीय मुक्ति र सङ्घर्षलाई अघि बढ़ाउने प्रयास गरेका छन् यसलाई त्यसरी नै अगाड़ि बढाएर लान आफूहरू कटिबद्ध रहेको बताएका छन्।

‘मंगलसिंह राजपुतका आत्मोत्सर्ग जाति र माटोको लागि हो र हाम्रो अन्तिम लक्ष्य पनि यही हो। यस सङ्घर्षलाई नयाँ रणनीति र नयाँ संस्कारमा क्रमबद्ध ढङ्गमा यसलाई अगाड़ि लिएर जानपर्छ। आज हामीसमक्ष धेरै समस्या र चुनौतीहरू छन्। ती चुनौतीहरूलाई पार गर्नको लागि मंगलसिंह जस्ता सपुतहरूका योगदानबाट प्रेरित भएर अघि बढ्न पर्नेछ। जातीय मुक्ति र सङ्घर्षको नाममा हामीले केवल राजनीति गर्न हुँदैन-थापाले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन