जापले शुरू गर्ने अनिश्चितकालिन अनशन

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, २४मई २०१७


जन आन्दोलन पार्टीको युवा एकाईले आजदेखि अनिश्चितकालिन अनशन शुरू गर्ने भएको छ। यहाँको त्रिकोण पार्कमा चलिरहेको धर्नास्थलबाट नै युवा एकाईंले अनिश्चितकालिन अनशन शुरू गर्ने भएको छ। पार्टीका युवा एकाईका नेतृवर्गले जानकारी दिएअनुसार आजदेखि शुरू हुने उक्त अनशनको शुरूवातमा ६ जना युवा कार्यकर्ताहरूले सहभागिता जनाउने छन् भने दिनोदिन अन्य कार्यकर्ताहरूले पनि यसमा सहभागिता जनाउने छन्। जबकी धर्ना गरिरहेका युवाहरूको धर्ना पनि सोही स्थलमा यथावत रहने छ।

अनशन विषय लिएर युवा एकाईले अहिलेबाटै स्पष्ट रूपमा नबताए पनि गोर्खा जनमुक्ति मोर्चालाई गोर्खाल्याण्डको निम्ति पहल गर्न चाप दिन नै यो कार्यक्रम गरिएको जानकारी पाइएको छ। अनशन विषय लिएर युवा एकाईले एउटा पत्रकार सम्मेलनको आयोजना गरी चाँडै नै खुलस्त पार्ने बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन