फ्याँकिएका बोतलहरू र प्लास्टिकबाट सुन्दर सामाग्रीहरू बनाएर पर्यावरण प्रदूषण रोक्ने अभियानमा लागेका दम्पत्ति फुर्बा तामाङ र तारा छेत्री

खरसाङ, 3 अगस्त : वर्तमान समयमा पर्यावरण प्रदूषण निक्कै ठूलो समस्या बनेर गएको छ । पर्यावरण प्रदूषण रोक्न र पर्यावरण संरक्षण गर्नलाई सैध्दान्तिक कुरा साथै सभाहरू गरेर मात्रै सम्भव छैन । पर्यावरण संरक्षणको नाममा 5 जून पर्यावरण दिवस पालन गरेर मात्रै हुँदैन तर प्रत्येक व्यक्ति र परिवार नै सचेत भएर व्यवहारिक रूपमा अघि आउन जरुरी देखिएको छ । यस्तै पर्यावरण प्रदूषण हटाउन र पर्यावरण संरक्षणको लागि आफ्नो छुट्टै सिर्जनात्मक कार्यबाट मानिसहरूको ध्यानाकर्षण गर्दै एक मुहिम थालेका छन् एक दम्पत्तिले। उक्त दम्पत्ति हुन खरसाङको अप्पर नयाँ बस्तीस्थित रमन धीमको फुर्बा तामाङ र तारा छेत्री । दुवै स्वास्थ्य विभागमा कार्यरत् रहे पनि समय निकालेर फ्याँकिएका प्लास्टिकको बोतलहरू र प्रयोग गरेर फ्याँकिएका प्लाल्टिकहरूलाई संग्रह गरी पुन: प्रयोगमा ल्याएर पर्यावरण प्रदूषण रोक्नलाई मुहिम नै शुरु गरेका छन् । फुर्बा तामाङ र तारा छेत्रीको दम्पत्तिले विभिन्न कार्यक्रमहरूतिर फ्याँकिएका प्लास्टिकका बोत्तलहरू संग्रह गर्छन् भने बाटोतिर फ्याँकिएका मिठाई र गुटकाको खोलहरू पनि टिपेर ल्याई विभिन्न सामाग्रीहरू बनाएका छन् । यो कार्य दुवैले सन् 2014 देखि गर्दै आईरहेका छन् भने सर्वप्रथम घरमा दूधवालाले दूधसितै प्लास्टिकको बोत्तलहरू छोड़ने गरेको र लानुभन्दा पनि नलगेपछि बोत्तल थुप्पिन्दै गएको कारण एकपल्ट समय कटनी बोत्तलहरूबाट फूलको स्ट्याण्ट बनाएको र त्यसमा हामी बस्दा पनि बलियो भएकोले मान्छे बस्ने मूढ़ा बनाएको बकाउँछिन् तारा छेत्री । फेरि मूढा बनाएपछि फेरि अन्य सामाग्रीहरू पनि बोत्तलबाट बनाउने कन्सेप्ट आएपछि बोत्तलकै मूढ़ा, फूलदानी, टेबल, पलङ, फूलको गमलाहरू, फुलबारी नै बोत्तलले बारेर फूलबारी बनाएको बकाउँछन् फुर्बा तामाङ ।
यस दम्पत्तिको घरमा सजावटको चीजहरू पनि बोत्तलले बनाएर राखेका छन् । यसमध्ये टेबल, शोफा, दराज, सजाउने चीजहरू सबै बोत्तलको सामग्रीहरू छन् । यी बोत्तलको सामानहरू बनाउनुको मुख्य उद्देश्य नै पर्यावरण प्रदूषण रोक्नलाई फ्याँकिएका प्लास्टिकहरूलाई पुन: प्रयोगमा ल्याउनु रहेको बताइएको छ । यो कार्यको लागि घरको मुनिल्लो तलामा सामानहरू बनाउने सानो वर्कशप र बोत्तलहरू संग्रह गर्ने गोडाउन पनि बनाएका छन् । यस विषयमा तारा छेत्रीले बोत्तलहरू संग्रह गर्नलाई गाउँ घर बोरा बोकेर घुमेको र मानिसहरूले पत्रुवाला समेत भन्ने गरे पनि अहिले आएर बोत्तलको सामग्रीहरू देखेर सबैले आफै बोत्तलहरू दिने गरेको बताएका छन् । दुवैले आफ्नो सरकारी कार्य गर्दै पनि उब्रेको समय यी सामाग्रीहरूको निर्माण कार्य गर्नलाई पनि समय निकालिरहेका छन् । तर यो काम शुरुमा दुवैले रूचिको रुपमा लिए पनि अहिले आएर यो कार्य पर्यावरण प्रदूषण रोक्नलाई सफल कार्य भईरहेको र यस्तो कार्य प्रत्येक घरबाट गर्न सकिए पर्यावरण प्रदूषण रोक्न सकिने बताउँछन् दम्पत्ति ।
यो कार्य खरसाङ क्षेत्रमा मात्रै होइन सम्पूर्ण दार्जीलिङ पहाड़ र सिक्किम क्षेत्रमा पनि गर्न सकिए पर्यावरण प्रदूषण रोक्नलाई धेरै सहयोग हुने दम्पत्तिले बताएका छन् । दुवैले यस कार्यको लागि विशेष रूपमा बजार क्षेत्रमा गर्न सकिए पर्यावरण प्रदूषण रोक्नलाई सहयोग हुने र यस विषयमा सचेतना गराउन प्रत्येक वार्डमा कार्यक्रम आयोजना गरे हामी गएर सचेतना गराउने बताएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया