अम्बटेमा हावाहुरीले एउटा घर क्षतिग्रस्त: दमाई बोर्डले बनाइदिने घर

खरसाङ, 3 अगस्त: खरसाङको अम्बटे चियाबारी अन्तर्गत शिरिषेमा रबीन परियारको घर हावाले भत्काएर क्षतिग्रस्त बनाएको छ। गत बिहीबार राती उक्त घरलाई हावाले लड़ाएर क्षतिग्रस्त बनाएको थियो। क्षतिग्रस्त बनेको घरमा  बस्नु नसक्ने भएपछि दाजु रोशन परियारको घरमा शरण लिएर बसेका छन्। हावाले टिन र काठले निर्माण भएको घरको छप्पर र वरिपरिको भित्ताहरू सबै क्षतिग्रस्त बनाएको छ। आज उक्त क्षतिग्रस्त भएको घरको निरीक्षण गर्न पश्चिम बंगाल दमाई सांस्कृतिक बोर्डको चेयरम्यान गंगा सागर पञ्जकोटी लगायत भाइस चेयरम्यान विवेक सेवा र खरसाङको संयोजिका सबिना परियार पुगेका थिए। घरको निरीक्षण गरेपछि दमाई बोर्डको चेयरम्यान गंगा सागर पञ्चकोटीले घरको निरीक्षण गरेपछि यो गम्भीर अवस्था रहेकोले हामी यस परिवारलाई चाढ़ै एक महिनाभित्रमा नयाँ घर बनाईदिने वचन दिएको छ।

उनले मुख्यमन्त्रीले यस्तै गरीबहरूलाई उत्थान गर्नको लागि नै बोर्ड गठन गरेको बताउँदै क्षेत्रमा कुनै दमाई परिवारहरू यस्तो सोचनीय अवस्थामा छन् भने झट्टै दमाई विकास बोर्डमा सूचना दिने वा म आफुलाई नै सम्पर्क गरिदिने बताए। पीढीत परिवारको पक्षमा रबीन परियारले   आफ्नो पुरानो घर कतैबाट पनि मरमत्ति र नयाँ गरी निर्माण हुन सकेन त्यसैले कम्ती हावा आउँदा पनि क्षतिग्रस्त भएको बताउँदै आज दमाई बोर्डको पक्षमा चेयरम्यान र अन्यहरूले निरीक्षण गरी एक महिनाभित्रमा घर बनाईदिने वचन दिएको कारण आफुहरू आशावादी बनेको र दमाई बोर्डको पदाधिकारीहरूप्रति आभार प्रकट गरेका छन् । यस अवसरमा दमाई बोर्डको भाइस चेयरम्यान विवेक सेवाले पनि आज हामीले रबीन परियारको क्षतिग्रस्त बनेको घरको निरीक्षण गरेका छौं र चाढ़ै नयाँ घर निर्माण गरिदिने आश्वासन दिएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया