भाजपाले चाहेको भए गोर्खाहरूको निम्ति पनि निर्णय गर्नसक्थो -अनीत थापा

कालेबुङ, 5 अगस्त: ‘भाजपा सरकारले नमागी पनि कश्मिरलाई दुईवटा केन्द्र शासित प्रदेश बनायो। भाजपासित क्षमता दिएछ अनि हामीलाई नदिनुको निम्ति जहिले बङ्गालबाट एनओसी ल्याउनुपर्छ भनेर मस्तिष्कमा हालिदियो। भाजपा सरकारले जुन कुरा गर्नसक्थ्यो त्यो हाम्रो निम्ति गरिदिएन।’

उपरोक्त कुरा गोजमुमो महासचिव अनीत थापाले भनेका हुन्। साङ्गठनिक कार्यक्रम लिएर कालेबुङ आएका थापाले पत्रकारहरूसित कुराकानी गर्ने क्रममा केन्द्र सरकारले जम्मु-कश्मिरलाई छुट्याउँदै दुई भागमा केन्द्रशासित प्रदेश बनाएको घटना उल्लेख गर्दै भाजपासित गोर्खाहरूका निम्ति पनि निर्णय गर्नसक्ने क्षमता भएर पनि नगरेको आरोप लगाए।

‘भाजपाले चाहेको भए कश्मिरमा सरह गोर्खाहरूको निम्ति पनि निर्णय गर्नसक्थो तर गरेन’-थापाले भने, ‘यत्रो व्यवधानले भाजपाले जितेको छ, यतिबेला भाजपाका सासंद विधायकहरूले बोल्नुपर्छ।’

केन्द्र शासित प्रदेश पनि आफूहरूका निम्ति स्वीरार्य नै रहेको बताउने थापाले यदि भाजपाका सासंद र विधायकहरूले केन्द्र शासित प्रदेशकै निम्ति पनि आवाज उठाएर मोर्चाको समर्थन रहने उनले बताए। कश्मिर सम्बन्धी हठात् निर्णय गर्नसक्ने केन्द्र सरकारले गोर्खाहरूको निम्ति के सोचेको रहेछ सो आजको घटनाबाट स्पष्ट हुने थापाले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया