जापका 50 कार्यकर्ता मोर्चामा

कालेबुङ, 5 अगस्त: जन आन्दोलन पार्टीका लगभग 50 जना युवा कार्यकर्ताहरू आज गोजमोमुमो विनय तामाङपक्षमा सामेल भएका छन्। दलका महसचिव अनीत थापाको बाहुलीबाट उनीहरूले आज मोर्चाको झण्डा ग्रहण गरे। यहाँको मल्ली रोडमा अवस्थित पार्टी कार्यालयमा सम्पन्न एउटा कार्यक्रममाझ प्रशान्त तामाङको नेतृत्वमा आएका लगभग 50 युवा कार्यकर्ताहरूलाई पार्टीमा सामेल गराइएको हो।

‘जापका युवाहरूसित हाम्रो सम्पर्क भइरहेको थियो आज उनीहरू मोर्चामा सामेल भएका छन्, ‘थापाले भने, ‘हामीले शिक्षित मानिसहरूलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने सोच राखेका छौँ यसैलाई प्राथमिकताम राखेर काम गरिरहेका छौँ।’

उनले आफूहरूको माग पनि गोर्खाल्याण्ड नै रहेको दावी गर्दै केवल माग्ने तरिकाको विरोध गरेको बताए। उनले सही एवं शिक्षित व्यक्तिले अघि आएर गोर्खाल्याण्डको मागलाई अघि लानुपर्छ भन्ने पार्टीको सोच रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया