जीटीए सचिवद्वारा 45 नम्बर समष्टी क्षेत्रको भ्रमण

कालेबुङ, 5 अगस्त जीटीएका सचिव पीडी प्रधानले  45 नम्बर समष्टीका विभिन्न ठाँउको परिभ्रमण गरे। 44 नम्बर समष्टी भ्रमण गर्दै जलढका पुगेका सचिव प्रधानले आजसम्म जीटीएद्वारा पूर्ण भएका विकासका कार्यहरूको जायजा लिँदै केहीदिन अघि वर्षाको कारण गएको पैह्रोहरू अनि विभिन्न जनसमस्याको पनि जानकारी लिए। विभिन्न विभागका अभियन्ताहरूका साथमा आएका टोलीमा गोजमुमो कालेबुङ खण्ड 3 का संयोजक सन्दिप कुलुङ, समष्टी अध्यक्ष शशी गुरूङ, युवा अध्यक्ष राजेश गुरूङ, सचिव विकास पाख्रिन, अरूण गुरूङ, पूर्ण प्रधान, सुवास बान्तावा आदि उपस्थित थिए।

कुलुङले बताएनुसार सचिव प्रधानले केही दिन अघिको वर्षाको कारण धेरै क्षति भएको रोङ्गोको सडकको भ्रमण गर्दै शनिबार बिन्दु ड्यामको पनि निरिक्षण गरे। यसरी नै प्रधानले परेङ प्राथमिक उपचार केन्द्रको पनि निरिक्षण गरेर केन्द्रले भोग्न परिरहेको समस्याबारे जायजा लिए। यस केन्द्रमा डाक्टर विगत एक वर्ष भन्दा अघिदेखि नभएको कारण यस क्षेत्रका जनसाधरणले धेरै समस्या भइरहेको थियो भने यस समस्याको समधान पनि सचिवले विभागिय पहल गरेर समधान गरिदिने आश्वासन दिए। यसरी नै उनले जलढका हाइडल प्रोजेक्ट पनि भ्रमण गरी हाइडल पक्षसित भेट गरी  सामाजिक कार्य गर्नुपर्ने प्रावधान रहेको कारण हाइडल कम्पनीले जनताको निम्ति काम गर्नुपर्ने बताए।

सचिव प्रधानले विभिन्न ठाँउमा जनताको गुनासो सुन्दै पहाडका सुदुरवर्ती क्षेत्र तोदे अनि ताङता क्षेत्र पनि परिभ्रमण गरी जीटीएद्वारा निर्मित कार्यको जायजा लँदै जनताको समस्याको समधानको दिशा तर्फ जीटीए अघि बढिरहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया