सिक्किमको 371 एफलाई नहटाउने माग राख्यो एसडीएफ सांसदले

नयाँ दिल्ली, 5 अगस्त। अर्कोतिर संविधानको धारा 370 को समाप्तिको घोषणासित सिक्किमको निम्ति रहेको संविधानको अनुच्छेद 371 (एफ) बारे सिक्किमेहरू सशंकित बन्नु स्वभाविक बनेको छ। राज्यसभामा केन्द्रिय गृहमन्त्रीले 370 समाप्त गर्ने घोषणा पछि सदनमा उपस्थित सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको  विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्टका राज्यसभा सांसद हिस्से लाचुङपाले सिक्किमको सुरक्षाको धारा 371 (एफ) को सुरक्षा यथावत राखिदिने माग राखे। उनले सिक्किम भारतमा स्वतः जनमत दिएर विलय भएको अनि सम्वेदनशील राज्य सीमासित जोडिएको राज्य अनि यहाँ शान्ति  प्रगतिको मार्गमा रहेको बताउँदै देशसित भावनात्मक रूपमा देशसित जोडिएको अनि सिक्किममा राष्ट्रीय पर्व स्वतन्त्रता दिवस देशको अन्य प्रान्तहरूभन्दा  धुमधामले मनाउने गरेको बताउँदै देशको अखण्डता र देशसित रहेको कुरा सदनमा अवगत गराए। उनले छिमेरी राज्य असमको बोडोल्याण्डका राज्यसभा सांसद विश्वजीत दैमारीले बोडोल्याण्डलाई केन्द्र शासित प्रदेशको दर्जा दिने माग गरेको विषयलाई समर्थन जनाउँदै केन्द्र सरकारको निर्णयलाई स्वागत गरे।

उल्लेखनीय छ जम्मू-कश्मीरको 370 धारा सरह नै विशेष प्रावधान अन्तर्गत  सिक्किमको निम्ति 371 (एफ) नागाल्यण्डको निम्ति 371 (ए), असमको निम्ति 371 (बी), मणिपुरको निम्ति 371(सी), आन्द्रप्रदेशको निम्ति 271 (डी), मिजोरमको निम्ति 371 (जी), अरूणाचलप्रदेशको निम्ति 371(एच) अनि गोवाको निम्ति 371 (आइ) रहेको छ जसले विशेष सुरक्षा प्रदान गर्ने गर्दछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया