सिक्किमको राजनीतिमा नयाँ मोड एसडीएफका 10 विधायकले भेटे राम माधव

गान्तोक,5 अगस्त।   सिक्किम राजनीतिमा अचानक नयाँ मोड आएको छ। सबैलाई चकित बनाउँदै राज्यका प्रमुख विपक्षी एसडीएफका 10 विधायकले भारतीय जनता पार्टीका राष्ट्रीय महासचिव राममाधवसित राजधानी नयाँ दिल्लीमा भेट गरेका छन्। एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई छोडेर एसडीएफमा रहेका 10विधायकले राम माधवलाई भेट गरेका हुन्।

भेटको नेतृत्व एसडीएफका वरिष्ठ नेता तथा नाथाङ माछोङका विधायक डीटी लेप्चाले गरेको थिए। यस टोलीमा पूर्व मन्त्री तथा तुमिन लिङ्गीका विधायक उगेन टी ग्याछो भोटिया, पूर्व मन्त्री तथा मानेबुङ देन्तामका विधायक एनके सुब्बा, रिञ्चेनपोङका विधायक केएस लेप्चा, राङगागाङ याङगाङकी विधायक राजकुमारी थापा, मल्लीकी विधायक फरवन्ती तामाङ, बरफुङका विधायक टीटी भोटिया, छुजाचेनका विधायक केबी राई, अप्पर बुर्तुकका विधायक डीआर थापा, जङ्गुका विधायक पिञ्छो नामग्याल लेप्चा रहेका थिए। भाजपा राष्ट्रिय महासचिव राम माधवलाई एसडीएफ विधायक दलले चडाएको ज्ञापन पत्रमा एसडीएफ विधायक दलले भाजपालाई पूर्ण समर्थन गर्ने बताइएको दाबी गरिएको छ। यस सम्बन्धमा एक विधायकले भने, हामी आज भाजपामा सामेल भएका होइनौं तर भाजपालाई हाम्रो तर्फबाट भाजपालाई पुर्ण समर्थन रहने छ।

उल्लेखनीय छ अहिले एसडीएफका अध्यक्ष दिल्लीमै रहेको भए पनि यस टोलीमा उनको उपस्थिति नरहेको आन्तरिक सूत्रले बताएको छ। एसडीएफका अन्य दुई विधायक एम प्रसाद शर्मा र जीटी ढुङ्गेलले पार्टीको निर्णय विरूद्ध जाँदै केही दिन अघि विधानसभामा प्रवेश पार्टीले जारी गरेको वीफको अवमानना गरेका थिए। यसैगरी उनीहरू आजको टोलीमा पनि उनीहरूको उपस्थिति थिएन भने उनीहरूले पहिलेबाटै पार्टीबाट बगावत गर्दै एसडीएफ-2 को घोषण गरिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया