11 वटा जनजाति विषय दार्जीलिङ अनि सिक्किमका सासंदद्वारा केन्द्रिय जनजाति मामिला मन्त्रीसित भेट

कालेबुङ, 6 अगस्त: गोर्खा समुदाय अन्तर्गत छोडिएका 11 वटा जातगोष्ठीको जनजातिको माग विषय आज दार्जीलिङका लोकसभा समष्टिका सासंद राजु विष्ट अनि सिक्किमका सासंद इन्द्रहाङ सुब्बाले संयुक्त रूपमा केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुण्डासित भेट गरे।

11 जातगोष्ठी छोडिएको विषय केही मिडियामा उठिरहेको कुरा सासंदले मन्त्रीलाई अवगत गराए।

‘जनजातिमा हुनुपर्ने जड, सांस्कृतिक पचिहान लगायतका सबै गुण 11 जातगोष्ठीमा रहेको कुरा मन्त्रीले आश्वस्त गराएका छन्’-मन्त्रीको वयानलाई उद्घत राजु विष्टले भनेका छन्, ‘नियम र कानन अनुसार सबै आवश्यक औपचारिकता पूरा गर्न सरकार प्रतिबद्ध छ।’

‘गोरखा उप-जनजातिलाई भारतको एसटी सूचीमा हाल्ने कुरा हाम्रो पार्टीले सङ्कल्प पत्रमा गरेको प्रतिबद्धता हो र यसका लागि काम जारी छ’-विष्टले भनेका छन्, ‘म मानिसहरूलाई अनुरोध गर्दछु कि मिडियाको केही सेक्सनको निराधार हल्लालाई विश्वास नगर्नुहोस्।’

11 जातगोष्ठीको मुद्दा अनि रेल, राजमार्ग इत्यादि पूर्वाधार विकासका लागी आफ्ना समकक्षी सिक्किमका सासंद इन्द्रहाङ् सुब्बासित मिलेर काम गरिरहेको विष्टले बताएका छन्।

‘हामी हामी दुवै ११ वटा समुदायलाई एसटीको रूपमा समावेश गर्नका लागि काम गर्न प्रतिबद्ध छौँ’-सांसद इन्द्रहाङ् सुब्बाको वयानलाई उद्घत गर्दै भनिएको छ, ‘हामीले माननीय मन्त्री अर्जुन मुंडासँग धेरै फलदायी भेटघाट गरेका थियौँ जसमा हामीले उनलाई समावेशीकरण प्रक्रियालाई छिटो अघि बढाउन अनुरोध गरेका थियौँ। राजु विष्टजी र म यस मुद्दामा सँगै काम गर्नेछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया