विधानसभा नभएको यूटीभन्दा छैटौँ अनुसूचि धेरै राम्रो-गोरामुमो

कालेबुङ, 7 अगस्त:  ‘लद्दाकको यूटी बिना विधानसभाको हो, हामीलाई त्यस्तो यूटी चाहिँदैन। विधानसभा नभएको युटी भन्दा छैटौँ अनुसूचि धेरै राम्रो हो जहाँ आफ्नै विधानसभा छ।’

उपरोक्त कुरा गोरामुमो कालेबुङ शाखा समितिका कार्यकारी सदस्य प्रकाश सुब्बाले भनेका हुन्। गोरामोमो कालेबुङ शाखाले आज एउटा पत्रकार सम्मेलन डाकेको थियो। केन्द्र सरकारले कश्मीरलाई सरह दार्जीलिङ पहाडमा पनि राजनैतिक स्थायी समाधान गर्नुपर्ने तर्क राख्दै आयोजना गरिएको पत्रकार सम्मेलनअवधि गोरामुमोका पक्षमा प्रकाश सुब्बाले सम्बोधन गर्दै यदि अलग राज्य गोर्खाल्याण्ड हुन सक्दैन विधानसभा नभएको लद्दाकको जस्तो केन्द्र शासित प्रदेश स्वीकार्य नहुने बताए।

उनले भने अनुसार कालेबुङलाई 1865 सालमा भुटानबाट ब्रिटिसले भारतमा गाभेको थियो। 1910  पुनाखा सन्धि अनुसार भूटानलाई दिने लिज अझ बढाएर लगियो। यसरी नै 1950 मा पण्डित जवहारला नेहरू स्वयंले लिज बढाएर लगेका हुन्। यसैले केन्द्र सरकारले जसरी आज कश्मिरको मुद्दामा पदक्षेप लिए त्यसरी नै इतिहासको आधारमा यहाँको पनि राजनैतिक स्थायी समाधान गर्छ भन्नेकुरामा गोरामुमो आश्वस्त गरेको बताए।

लिजहोल्डल्याण्ड अनि सिडेड ल्याण्डको सन्दर्भमा स्व. सुवास घिसिङले हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च न्यायलयले यस मुद्दालाई राजनैतिक रूपमा समाधान गर्नुपर्ने बताइसकेको पनि उनले जानकारी गराए।

उनले कालेबुङ आज पनि लिजहोल्डल्याण्ड नै रहेको दावी गर्दै दार्जीलिङको स्थायी समाधानको रूपमा दार्जीलिङ-सिक्किम एकिकरण पनि सम्भव नरहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया