अम्बियोकमा रूख लडेर एउटा घर क्षतिग्रस्त: एकजना घाइते

रोहित शर्मा/ कालेबुङ, 7 अगस्त:  गोरूबथान खण्ड अन्तर्गत दालिम ग्राम पञ्चायतभित्र पर्ने अम्बियोक चियाबारीमा रूख लडेर एउटा घर क्षतिग्रस्त बनाएको छ। लगातारको वर्षाको कारण आज अपह्रान्न लगभग 3 बजीतिर रूख लड्दा तीर्थ कामीको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

चार सदस्य रहेको उक्त परिवारमा दुर्घटनाको समय तीर्थ कामी अनि उनका छोरा घरमा थिए। नजिकैको रूख अचानक ढल्दा तीर्थ कामीको खुट्टा भाँच्चिएको छ भने छोरा भाग्यले जोगिएका छन्।

उनको दुई कोठाको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएर आफै पनि घाइते बनेपछि उनको अवस्था सोचनीय बनेको छ। घटनापछि केवल पुलिस प्रशासनद्वारा मात्र घटनास्थलको निरिक्षण गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन