दिल्लीमा सामुहिकता

दिल्ली 13 अगस्त: ‘दिल्लीमा अबउसो कुनैपनि संस्था वा पार्टीको निजी कार्यक्रम बाहेक जतिपनि जातिको कर्यक्रमहरू हुन्छ सो सबैले मिलेर एउटै गर्ने निधो भएको छ। कसैले पनि एकल कार्यक्रम नगर्ने साथै कुनै कार्यक्रम गर्नुपरेको खण्डमा सबैलाई सम्मिलित गराउने निर्णय पनि सभाले लिएको छ।’

उपरोक्त जानकारी जीएसएएसका अञ्जनी शर्माले दिएकी हुन्। दिल्लीको मेहोरली स्थित अशोका मिसन गुम्बामा यहाँका विभिन्न दल एवं सङ्घ-संस्थाहरूलाई लिएर एउटा सभा आयोजना गरिएको थियो। सभाको मुख्य उद्देश्य दिल्लीको एकतालाई फर्काइल्याउनु ल्याउनु साथै राजधानीमा आगामी कार्यक्रमहरु संयुक्त रुपमा गर्दै जाति उन्मुक्तिको कार्यमा पहल गर्न थियो।

अञ्जनी शर्माका अनुसार राजधानीमा गरेको कुनैपनि कार्यक्रम विश्वव्यापी गोर्खाहरूका नजरमा हुन्छ भने यहाँ भएका सकारात्मक अनि समुहिक कार्यक्रम सबैको निम्ति प्रेरणाको श्रोत हुने गर्दछ। गोर्खाहरूको निम्ति मात्रै नभएर अन्य जातिहरूबीच दिल्लीमा गरिएको कार्यक्रमहरुले गोर्खाहरुको यथास्थिति बयान गर्ने भएकाले राजधानीमा कुनैपनि कार्यक्रमहरु गर्दा संवेदनशील भएर वा जातिको गरिमालाई ध्यानमा राखेर नै गरिनु पर्ने शर्माले बताइन्।

‘विगतमा दिल्लीब्यापी सङ्घ-संस्थाहरूबीच भएको कतिवटा मतभेद वा भुल बुझाबुझले गर्दा बाहिरबाट हेर्दा दिल्लीमा अमेलता देखिएको थियो’-शर्माले भनिन्, ‘विगतका सबै मतभेदहरूलाई पन्साएर आज दिल्लीव्यापी सङ्घ-संस्थाहरू एकमुष्ट हुन् सफल बनेका छन्।’

सभामा जीएसएसएस, गोजमुमो दिल्ली शाखा, हरियाणा शाखा, भागोप, अभागोली, अनुसूचित जाति सङ्घ, दिल्ली नेपाली सम्मेलन, हाम्रो स्वाभिमान तामाङ बौध सङ्घ आदिका प्रतिनिधिहरूको उपस्थिति थियो। सभामा सबैले सामुहिकताका निम्ति जोड दिएको अनि दिल्ली एकताको निम्ति यो सुनौलो अवसर रहेको शर्माले बताइन्। सभाले  भाषा दिवस दिन बलिदान दिवस संयुक्त रूपमा मनाउने निर्णय लिँदै कार्यक्रमको निम्ति अस्थायी कमिटी पनि गठन गरिएको शर्माले जानकारी दिएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया