44 नम्बर नारी मोर्चा समष्टि समिति गठन

कालेबुङ, 13 अगस्त: जीटीएको 44 नम्बर कुमाइ-सामसिङ समष्टिमा विनय तामाङपक्ष गोजमुमोको भातृ सङ्गठन गोर्खा जनमुक्ति नारी मोर्चा समष्टि समिति गठन गरिएको छ। कुमाईस्थित पीडब्ल्यूडी प्राथमिक पाठशाला भवनमा सोमबार भएको सभामाझ नारी मोर्चा समष्टि समिति गठन गरिएको हो। गोजमुमो समष्टि समिति सभापति हर्कमान छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा नारी मोर्चा जिल्ला समितिका अध्यक्ष कल्पना तामाङ प्रमुख रूपमा उपस्थित थिइन्।

सभामा साङ्गठनिक गतिविधिहरूमाथि चर्चा-परिचर्चापछि नारी मोर्चा समष्टि समिति गठन गरियो। जसमा अध्यक्ष जुनी राई, उपाध्यक्ष निक्का छेत्री अनि लाक्पा छिरिङ शेर्पा, सचिव रत्न राई, सह-सचिव अमृता तामाङ अनि ममता राई, कोषाध्यक्ष सलिना छेत्री एवं 6 जना सल्लाकार एवं कार्यकारी सदस्यहरू चयन गरिएको छ। यसबाहेक कुमाईबाट सारिका थापा, रोङ्गोबाट बबिता तामाङ अनि सामसिङबाट ओमिका थापालाई जिल्ला समिति सदस्यका रूपमा चयन गरिएको छ। सभामा बोर्ड सदस्य शङ्कर लाबर, जिल्ला सदस्य दिलिप लामा, समष्टि सचिव बिरन गुरुङ, साङ्गठनिक सचिव दिपेन्द्र भुजेल आदिको विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया