सिक्किमको राजनीतिमा नयाँ मोड: पूर्व मुख्यमन्त्री चामलिङ छोडेर एसडीएफ पार्टीका 10 विधायक भाजपामा सामेल(हेर्नुहोस् भिडियोसितै)

सिक्किम, 13 अगस्त: सिक्किमको राजनीतिमा एकाएक नयाँ मोड आएको छ। किनभने सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङलाई छोडेर सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) का 10 जना विधायक आज एकैचोटी भारतीय जनता पार्टीमा सामेल भएका छन्।

एसडीएफका वरिष्ठ विधायक दोर्जी छिरिङ लेप्चाको अगुवाइमा उनीहरू भाजपा सामेल भएका हुन्। भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष जेपी नड्डा अनि महसचिव राम माधवको उपस्थितिमा उनीहरूले भाजपाको सदस्यता ग्रहण गरे।

सिक्किममा 32 वटा विधानसभा आसनमध्ये गत विधानसभा चुनाउमा एसडीएफले 15 वटा अनि एसकेएमले 17 वटा सिट जितेपछि एसकेएमले सरकार बनाएको थियो। यद्यपि एसडीएफका दुईजना विधायक दुई ठाउँमा चुनाउ लडेका थिए भने एसकेएमका एकजना विधायक पनि दुई ठाउँबाटै चुनाउ लडेका थिए। यसैले अझ तीनवटा विधानसभा समष्टिमा उपचुनाउ हुन बाँकी छ।

अब 10 जना विधायक भाजपामा सामेल भएपछि भाजपाले सिक्किममा विपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने भाजपा महासचिव राम माधवले बताएका छन्।

‘आज नरेन्द्र मोदीको सरकारले जसरी देशलाई अघाडी बढाइरहेको छ त्यो देखेर सिक्किमका युवापीडिमा पनि भाजपा सरकारप्रति झुकाउ बढ्दै गएको छ’-वरिष्ठ विधायक दोर्जी छिरिङ लेप्चाले भने, ‘त्यसलाई हरेर हामीले पनि समय सापेक्ष राजनीति गर्नुपर्छ।’

उनले आफूहरूले समय सापेक्ष राजनीति गरेको भन्दै केन्द्रको आशिर्वाद नभएसम्म क्षेत्रीय राजनैतिक दलले केही नगर्न नसक्ने बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया