भाजपामा गएकाहरूलाई केही भन्नु छैन तर छलफल गरेर यसबारे मन्तव्य गर्नेछौः एसडीएफ

गान्तोक, 13 अगस्त। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का दशजना विधायकहरूले भारतीय जनता पार्टी (भाजपा) मा गएपछि एसडीएफका प्रवक्ता पिडी राई, केटी ग्याल्छेन र अन्यले प्रेस मन्तव्य दिँदै पार्टीका विधायकहरू राष्ट्रिय राजनैतिक दल भाजपामा सामेल हुनु एसडीएफको निम्ति ठूलो समाचार सामाजिक सञ्जालबाट प्राप्त भएको अनि यसबारे पार्टी अध्यक्ष पवन चामलिङसित पनि कुरा गरेको बताउँदै चाँडै पार्टीको सबै स्तरबाट कुरा गरेर यसबारे चुडान्त निर्णय लिने बताएका छन्।  प्रवक्ता पीडी राईले राजनीतिमा यस्ता कुराहरू अपरत्यासित हुने गरेको अनि त्यसैको रूपमा यो कुरालाई पनि लिएको तर पार्टी क्याडरमा आधारित भएको हुनाले यसबारे सबैसित चर्चा गरेर पार्टीको अन्तिम अनि चुडान्त निर्य़ण सार्वजनिक गर्ने बताए।

यसैगरि भाजपा सरकारमा एनडीएको सदस्य भएर एसडीएफले पहिलेदेखि नै कार्य गरेको अनि त्यसै गरि प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका कार्यहरूलाई पनि सराहनीय रहेको बताएका छन् अर्का प्रवक्ता केटी ग्याल्छेनले। उनले एसडीएफ पार्टी सधैँ सिक्किम र सिक्किमे जनताको हीतको निम्ति रहेको अनि अहिले पार्टी अध्यक्ष र नेता पवन चामलिङकै नेतृत्वमा एसडीएफ पार्टी रहेको अनि अन्तिम क्षणसम्म जनतासित एसडीएफ रहने पनि बताए। एसडीएफको पहिलो प्राथमिकता भनेकै सिक्किमको शान्ति विकास र सुरक्षा रहेको बताए। यसैगरि एसडीएफका नेता पवन चामलिङ स्वयं पनि राष्ट्रियस्तर कै नेता भएको कारण उनले पनि राष्ट्रिय स्तरमा पार्टीका विधायकहरूले गरेको निर्णयबारे निश्चय चर्चा गरेर जनतालाई एसडीएफको आगामी अडान बारे स्पष्ट पार्ने पनि बताए। यद्यपी अहिले पनि एसडीएफ अध्यक्ष नै विधानसभामा विपक्षीका नेता रहेको उनले ठोकुवा गरे। उनले एसडीएफ -2 भनेर विधानसभामा पसेका एसडीएफका दुइ विधायकहरू पनि अब एसडीएफमै हुनेछन् भन्ने आशा व्यक्त गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया